PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कांग्रेसलाई वीरगंज महानगरको झट्का, जीपी कोइराला फाउन्डेसनको शनिबारको कार्यक्रम नगर्न निर्देशन



राधेश्याम पटेल

कांग्रेसलाई वीरगंज महानगरको झट्का, जीपी कोइराला फाउन्डेसनको शनिबारको कार्यक्रम नगर्न निर्देशन

वीरगंज: ६ महिनादेखि नेपाली कांग्रेसले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्थापना गर्न लागेको जीपी कोइराला फाउन्डेसन वीरगंजको फागुन ४ गते तोकिएको ‘उद्घाटन कार्यक्रम’ प्रभावित हुने भएको छ।

वीरगंज महानगरले साँझ ७ बजे फाउन्डेसन तथा अन्य सरोकारवालाहरुको नाममा निर्देशनसहितको पत्र पठाउँदै हाल निर्धारित स्थलमा कार्यक्रम गर्न रोक लगाएपछि कार्यक्रम प्रभावित हुने भएको हो। उक्त दिन नेपाली कांग्रेसकी नेतृ तथा जीपी कोइराला फाउन्डेसनकी केन्द्रीय अध्यक्ष, सोही पार्टीका महामन्त्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइरालाले संयुक्त रुपमा फाउन्डेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो।

कार्यक्रम भन्दा तीन दिनअघि महानगरले जग्गाको स्वामित्व वीरगंज महानगरसँग भएकोले वीरगंज–१० आदर्शनगरस्थित पानीट्यांकी नजिक रहेको किता नं ८१७ को १८ र ५३ नं को १ विघा क्षेत्रफल भएको जग्गामा कुनै प्रकारको कार्यक्रम वा फाउन्डेसनको उद्घाटन नगर्न भनिएको छ। कार्यक्रमभन्दा अघि यस्तो पत्र आउँदा नेपाली कांग्रेस पर्सालाई झट्का लागेको कांग्रेसजनले महसुस गरेका छन्।

जग्गा व्यक्तिको हो, महानगरको होइन: फाउन्डेसन संयोजक

फाउन्डेसनका वीरगंज संयोजक मोहम्द सहाबुद्दीनले जग्गा आफ्नो श्रीमतीको नाममा रहेकोले त्यसबारे पर्सा जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा राजनीतिक पूर्वाग्रहले कार्यक्रम बिथोल्न षडयन्त्र भएको आरोप लगाए। उनले भने,‘वर्षौ पहिले पशुपति घोषको पालामा आदर्शनगर बसाउँदा वीरगंज नगरपालिकाले त्यसबेला नापी र मालपोत कार्यालयमा प्लट रजिष्टरमा उक्त जग्गा अरुणकुमार अग्रवालकै नाममा लागत पठाएको थियो। ९ महिना पहिले आफुले साढे ३ करोडमा उक्त जग्गा खरिद गरी श्रीमती नजमा बेगमको नाममा जग्गा पास गराएको थिए।’ उनका अनुसार आफुले महानगरकै वडा नं १० का वडाध्यक्ष रामनगिना र नपसहरुले बाटोघाटो सिफारिसको सरजमिन मुचुल्कामा हस्ताक्षर गरेको, चौहदी प्रमाणित गरेका, मालपोतको तिरो तिरेको शुल्क पनि महानगरले लिएको उनले बताए। तसर्थ, उक्त जग्गा महानगरको नभई व्यक्तिको भएको भन्दै विवाद र षडयन्त्र नगर्न आग्रह गरेका छन्।

महानगर भन्छ, ‘परमादेश आएपछि कार्यक्रम नगर्न भनेको हौ’

९ महिना पहिले महम्द सहाबुद्दिनले उक्त जग्गा तत्कालिन जग्गा धनी अरुणकुमार अग्रवालबाट खरिद गरी आफ्नो पत्नी नजमा बेगमको नाममा गराइ फाउन्डेसनको पूर्वाधार बनाउन थाले। दुई कोठे भवन र माटो पुर्नेसमेत काम भइसकेको छ। फाउन्डेसनको बोर्ड तथा कार्यक्रम तय भइ, निमन्त्रणा बाडिरहेको अवस्थामा महानगरलाई जानकारी भइ कार्यक्रम नगर्न पत्र पठाएको वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्मकुमार भूसालले बताए। उनले उक्त जग्गाको स्वामित्व महानगरसँग भएको भन्दै अदालतमा मुद्दा दिएको र सोही मुद्दाको सम्बन्धबाट काम रोक्न परमादेश भइसकेकोले कार्यक्रम हाललाई नगर्न भन्दै निर्देशन दिइएको स्पष्ट पारे। ४ महिना पहिले पर्सा जिल्ला अदालतमा वीरगंज महानगरपालिकाले उक्त जग्गाको स्वामित्व आफनो रहेको भन्दै मुद्दा हालेको थियो।

कांग्रेस पर्सा सभापति भन्छन्: छलफल गरी अघि बढ्छौ

नेपाली काँग्रेस पर्सा सभापति अजयकुमार द्विवेदीले तोकिएको कार्यक्रम बारे बुधवार विहान बैठक राखी छलफलबाट अघि बढ्ने बताएका छन्। उनले कार्यक्रमस्थल हुने ठाउँमै महानगरले त्यस्तो पत्र पठाएपछि त्यहाँ कार्यक्रम गर्ने कि नगर्ने बारे। गर्ने भने कहाँ गर्ने? यी सबै प्रश्न बारे छलफल गरी निर्धारित कार्यक्रमलाई जारी राख्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell