PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मनपरी गर्ने ? पार्टीले जनयुद्ध दिवस मनाएपछि माधव नेपालले जनकपुरबाटै पोखे असन्तुष्टि



पहिलोपोस्ट

मनपरी गर्ने ? पार्टीले जनयुद्ध दिवस मनाएपछि माधव नेपालले जनकपुरबाटै पोखे असन्तुष्टि

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मनाउने बारे आफुलाई कुनै जानकारी नभएको बताएका छन्। 

नेकपाले आफ्नो मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाउने कुनै निर्णय नभएको बताएका हुन्।

महोत्तरीको एक कार्यक्रममा जाने शिलशिलामा जनकपुरमा पत्रकारहरु सँग कुरा गर्दै नेता नेपालले पार्टीमा व्यक्तिले म सर्वेसर्वा भए जस्तै निर्णय गर्ने छुट कसैलाई नभए पनि बताए।

उनले भने-

पहिलो कुरो कुनै पनि यस्तो पार्टीले कार्यक्रम तय गर्दा कमिटीको बैठकबाट निर्णय गर्नुपर्छ। यो मलाई थाहा छैन। निजी निजी निर्णय गर्ने कुरा प्रति मेरो गम्भीर आपत्ति छ।  व्यक्तिले म सर्वेसर्वा हो भनी ठान्ने, चाहे एक अध्यक्ष होस् चाहे दुई अध्यक्ष होस्, यो तरिका गलत हो। समारोहहरु गर्नुछ भने पार्टी प्रणाली सिक्नुपर्‍यो। पालन गर्नुपर्‍यो। अध्यक्षले जान्या छैन भने जान्नु पर्‍यो। हामीलाई अनुभव छ हामीसँग लिनुपर्‍यो। मनपरी गर्ने आफूखुसी तरिका अपनाउनु भएन। जतिसुकै राम्रो काम गर्नलाई पनि विधि प्रक्रियाहरु पालना गर्नुपर्‍यो। 

दोस्रो कुरा के छ भने कुनै पनि आन्दोलनमा सहिद भएकाहरु प्रति सम्मान हो। देशको निम्ति जनताको निम्ति ज्यान गुमाउनेहरु प्रति हामीले श्रद्धासुमन चढाउनु पर्छ। सम्मान गर्नुपर्छ। अपमान गर्नु हुँदैन। तर जब कुनै पार्टीले कार्यक्रमको आयोजना गर्ने हो भने विधि प्रक्रियासहित गर्नुपर्छ। 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा शीर्ष नेताहरु मध्य अध्यक्ष पुष्पकमल दाहाल मात्र उपस्थित थिए। पाल जनकपुर र अर्का नेता झलनाथ खनाल आफ्नै निवासमा थिए।

भिडियो हेर्नुस्-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell