PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

सरकारले खोल्यो पानी जहाज कार्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन



पहिलोपोस्ट

सरकारले खोल्यो पानी जहाज कार्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौँः सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एकान्तकुनमा रहेको कार्यालयको उद्घाटन गरेका हुन्। भौतिक पूर्वाधार मन्त्रालय मातहत रहनेगरी कार्यालय उद्घाटन भएको हो। यसअघि २०२७ सालमा पानी जहाज दर्ता ऐन प्रचलनमा आए पनि कार्यालय समेत स्थापना भएको थिएन।

माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको थियो।

पानी जहाज कहिले सञ्चालन हुने कुनै यकिन नभए पनि सरकारले कार्यालय भने स्थापना गरेको हो। सञ्चालन पूर्वका धेरै कामहरु भने बाँकी छन्।  कार्यालय स्थापनासँगै पानी जहाज कम्पनी दर्ताका लागि सूचना निकाल्ने तयारी सरकारको छ।

कार्यालय स्थापनासँगै मौजुदा कानुनहरु परिमार्जन पनि हुनु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell