PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भ्रष्टाचारीलाई जोगाउन न्यायिक समितिः श्रेष्ठ



पहिलोपोस्ट

भ्रष्टाचारीलाई जोगाउन न्यायिक समितिः श्रेष्ठ

स्याङ्जाः पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन्।

सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताए। वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले भने, “कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भयो, मुलुकमा महँगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ, सरकारले ठूला माछा समाउन सकेको छैन।”

निर्वाचनमा काङ्ग्रेस पराजित हुनुको कारण कसैलाई दोष नलगाउने भन्दै उनले भने, “आफ्नैका कारण हार बेहोर्नुपर्‍यो।” काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल समृद्धिको नाममा छट्पटाइरहेको बताए।

महोत्सव अवधिभर पाँच लाख बढी दर्शकले अवलोकन गरेका छन् भने रु २० करोड बढीको आर्थिक कारोबार भएको सङ्घका अध्यक्ष एवं आयोजक मूलसमिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिए। माघ १७ गतेदेखि शुरु भएको महोत्सव माघ २८ गतेसम्मका लागि आयोजना गरिए पनि वर्षाका कारण दुई दिन स्थगन हुँदै तीन दिन थप गरी शुक्रबार समापन गरिएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell