PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डोल्पालाई सुगम बनाइने प्रम ओलीको प्रतिवद्धता



पहिलोपोस्ट

डोल्पालाई सुगम बनाइने प्रम ओलीको प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्‍याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन्।

डोल्पो समाजले आज आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताएका हुन्।

'डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ,' प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीका रुपमा विकास गरिने बताए।

'पातला बस्तीमा भौतिक सुविधा पुर्‍याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एकीकृत बस्तीका रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्य चौकी, यातायात, खानेपानी जस्ता आधारभूत सुविधाहरु सबैलाई उपलब्ध गराइनेछ,' उनले भने– 'त्यसपछि कर्णालीको परिचय बदलिनेछ। कर्णाली सुगम हुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell