PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को अध्यक्षमा पोखरेल सर्वसम्मत चयन



पहिलोपोस्ट

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को अध्यक्षमा पोखरेल सर्वसम्मत चयन

किर्नेटारः गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं ३ कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन भएका छन्।

तामाकोशी गाउँपालिकाको किर्नेटारमा मङ्गलबार सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो। अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनालाई सचिव, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेललाई सहसचिव र धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडालाई कोषाध्यक्षमा चयन गरेको छ।

उन्नाइस सदस्यीय प्रदेश कमिटीको सदस्यमा दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोटका वडाध्यक्ष महेश्वर काफ्ले, रामेछापको गोकुलगङ्गा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुरको महांकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ र सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार चयन भएका छन्।

यस्तै, रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने, मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नुवाकोटको तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल, रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की र सिन्धुलीको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा प्रदेश कमिटीको सदस्यमा चयन भएका छन्।

अधिवेशनमा प्रदेश नं ३ का १३ जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँकार्यपालिका सदस्यको सहभागिता थियो। गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ कमिटीका अन्य सदस्यमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष अनिता राई, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष युविन्द्रसिंह तामाङ, नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता लामा र धादिङको बेनीघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell