PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रोहितले पुनः पर्सिजा जाकार्ताबाटै खेल्ने



रासस

रोहितले पुनः पर्सिजा जाकार्ताबाटै खेल्ने

काठमाडौँ : राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा अनुबन्धन हुने भएका छन्। गत सिजन पर्सिजाबाटै खेलेका रोहित पुनः एक सिजन सोही क्लबबाट खेल्ने टुङ्गो लागेको हो।

रोहितलाई नयाँ सिजन पर्सिजाले क्लबमा अनुबन्धन गर्ने रोहितले जनाएका छन्। रोहित गत सिजन इण्डोनेशियन लिगमा वर्ष खेलाडी घोषित भएका थिए। उनको उच्च प्रदर्शनबाट प्रभावित क्लबले नयाँ सिजन पनि उनलाई क्लबमा अनुबन्धन गर्न लागेको जनाएको छ।

इण्डोनेशियाको लिगमा उच्च प्रदर्शन गरेपछि रोहितले थाइल्याण्ड र अष्ट्रेलिया लगायतका देशमा समेत ट्रायलका लागि प्रयास गरिरहेका थिए। तर पर्सिजाले गत वर्षकोभन्दा बढी तलब सुविधा उपलब्ध गराएपछि उनी सोही क्लबमा रहने बस्न सहमत भएका हुन्। “आकर्षण तलब सुविधानसहित पुनःपुरानै क्लबबाट व्यावसायिक लिग खेल्ने निर्णय लिएको छु”, रोहितले भनेका छन्।

क्लबसँग औपचारिक सम्झौतसहित एएफसी कपमा नाम दर्ता गर्न रोहित आजै बेलुका इण्डोनेशिया जाँदैछन्। उनी करीब दुई महीनादेखि नेपालमा थिए। पछिल्लो समय क्लब र रोहितबीच सेवा सुविधाको विषयमा कुरा नमिल्दा सम्झौता हुन सकेको थिएन।

लिग च्याम्पियनका रुपमा रोहितले पर्सिजाबाट एएफसी कप खेल्देछन्। एएफसी कप खेल्नका लागि नाम दर्ता गर्ने अन्तिम समय बिहीबार सकिँदैछ। सोही कारण रोहित आजै बेलुका इण्डोनेशिया जान लागेका हुन्। रोहितले खेल्ने इण्डोनेशियाको लिग भने आगामी अप्रिलबाट मात्र शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell