PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

युरोपा लिग : चेल्सी, आर्सनल, नेपोली र सेभिया प्रि क्वाटरफाइनलमा



पहिलोपोस्ट

युरोपा लिग : चेल्सी, आर्सनल, नेपोली र सेभिया प्रि क्वाटरफाइनलमा

उपाधि दाबेदारहरु चेल्सी, आर्सनल, नेपोली, सेभिया युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन्।

चेल्सीले माल्मोलाई अन्तिम ३२ को दोस्रो लगेमा ३-० ले हराउँदै समग्रमा ५-१ को जित हात पार्‍यो। पहिलो लेग चेल्सीले २-१ ले जितेको थियो।

चेलसीका लागि दोस्रो लेगमा ओलिभर जिरुड, रोस बार्कले र कलुम हड्सन ओडोईले गोल गरे।

यस्तै पहिलो लेगमा बाटे बारिसोभसँग पराजित भएको आर्सनलले दोस्रो लेगमा ३-० को जित हात पार्दै समग्रमा ३-१ को जित निकाल्यो। आर्सनललाई जिताउन स्कोद्रान मुस्ताफी र सोक्रेटसले एक-एक गोल गरे। बाटेका जाकार भोल्कोले एक आत्मघाती गोल उपहार दिए।

यस्तै इटालियन क्लब नेपोलीले ज्युरिचलाई समग्रमा ५-१ ले हरायो। पहिलो लेग ३-१ ले जितेको नेपोली दोस्रो लेगमा २-० ले वियजी भयो।

स्पानिस क्लबले सेभियाले इटालियन क्लबलाई लाजियोलाई दोस्रो लेगमा २-० ले पराजित गर्दै समग्रमा ३-० को जित हात पार्‍यो।

यसैगरी स्पेनका भ्यालेन्सिया र भियारियाल, इटलीका इन्टर मिलान तथा जर्मनीबाट एनट्राट फ्रांकफर्ट पनि अन्तिम १६ मा प्रवेश गरेका छन्।

यस्तै वेनफिका, डाइनामो जाग्रेग, डाइनामो किभ, क्रासनोडर, रेन्स, साल्जवर्ग, जेनिथ पिटर्सवर्ग र सिल्भिया प्राग पनि प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell