PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डीपीएलको उपाधि कसले जित्ला? अत्तरिया कि महेन्द्रनगर



पहिलोपोस्ट

डीपीएलको उपाधि कसले जित्ला? अत्तरिया कि महेन्द्रनगर

धनगढी : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल ३ को उपाधिका लागि दुई स्थानिय टिम सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड भिड्दैछन्।

धनगढी क्रिकेट एकेडेमीद्वारा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताको फाइनल शनिवार हुँदैछ।

दुवै टोली पहिलो पटक डीपीएलको फाइनल पुगेका हुन्।

प्रतियोगिताअघि सबैभन्दा कमजोर टिम मानिएको अत्तरियाले एकरुपताको प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो। लिग चरणमा ५ मध्ये ४ खेल जित्दै पहिलो भएको अत्तरियाले पहिलो क्वालिफायर्समा काठमाडौँ गोल्डेन्सलाई पराजित गरेको थियो।

दिपेन्द्र सिंह ऐरीको कप्तानी रहेको अत्तरियाले दुई भारतीय खेलाडी जयकिसन कोल्सावाल र सन्नी पटेलको उत्कृष्ट प्रदर्शनको साथ पाइरहेको छ। कप्तान दिपेन्द्रले पनि अलराउण्ड प्रदर्शन गरिरहेका छन्।

उता शरद भेषावकरले अर्को टी २० लिगको फाइनल खेल्न लाग्दा महेन्द्रनगर युनाइटेडले उतारचढावका बीच फाइनलमा स्थान बनाएको हो।

लिग चरणमा एक खेल मात्र जितेको महेन्द्रनगर समान अंक रहेको विराटनगर किंग्सलाई रनरेटमा पछि पार्दै चौथो भएको प्लेअफमा प्रवेश गरेको थियो। जहाँ युनाइटेर्डले रुपन्देही च्यालेन्जर्सलाई एलिमिनेटरमा १ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनायो।

शुक्रवार हुने भिनएको काठमाडौँसँगको क्वालिफायर्स नभएपछि महेन्द्रनगरले सिधै फाइनलमा स्थान बनाएको हो।

काठमाडौँले आफ्ना विदेशी खेलाडी अंकित दबासलाई लगाएको बलिङ प्रतिवन्ध ठिक नरहेको भन्दै क्वालिफायर खेल बहिरस्कार गरेपछि महेन्द्रनगर स्वत विजयी घोषित भएको हो।

महेन्द्रनगरले लिग चरणमा हराएको एक मात्र टोली अत्तरिया नै थियो। ६ ओभरमा घटाइएको उक्त खेलमा महेन्द्रनगरले अत्तरियालाई ७ विकेटले पराजित गरेको थियो।

शुक्रवार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell