PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पीएसएल : सन्दीपको ३ विकेट, डेविड वाइजले अन्तिम बलमा छक्का हान्दै लाहोरलाई जिताए



पहिलोपोस्ट

पीएसएल : सन्दीपको ३ विकेट, डेविड वाइजले अन्तिम बलमा छक्का हान्दै लाहोरलाई जिताए

काठमाडौँ : सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग डेब्युमा ३ विकेट लिएको खेलमा लाहोर कलन्दर्सले मुल्तान सुल्तानलाई ६ विकेटले पराजित गरेको छ।

डेविड वाइजले अन्तिम बलमा छक्का प्रहार गरेपछि लाहोरले २०१ रनको लक्ष्य अन्तिम बलमा पूरा गरेको हो।

लाहवरलाई यस सिजनको दोस्रो जित दिलाउन कप्तान ए बी डे भिलियर्स र वाइजले पाँचौ विकेटका लागि ७.३ ओभरमा नटआउट ९८ रनको साझेदारी गरे।

डे भिलियर्सले २९ बलमा ३ चौकार ३ छक्का प्रहार गर्दै नटआउट ५२ रन बनाए। २९ बल खेलेका वाइजले ५ छक्काको मद्दतमा नटआउट ४५ रन जोडे। फकर जमनले ३५ बल खेल्दै ७ चौका र ३ छक्काको मद्दतमा ६३ रन बनाए।

मुल्तानका जुनइद खानले ३ विकेट लिए।

त्यसअघि शारजहाँ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो।

मुल्तानका लागि जेम्स भिन्सले ८४ रन बनाए भने उमर सिद्दिकले ५३ रन जोडे। लाहोरका लागि नेपाली युवा स्टार सन्दीप लामिछानेले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell