PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नख्खु विस्फोटमा एक जनाको मृत्यु, घाइते दुईको अवस्था के छ? चिकित्सक यसो भन्छन्



सागर बुढाथोकी

नख्खु विस्फोटमा एक जनाको मृत्यु, घाइते दुईको अवस्था के छ? चिकित्सक यसो भन्छन्

काठमाडौँ : शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालयबाहिर भएको विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने दुई जना घाइते उरुषा मानन्धर र प्रतीक्षा खड्काको उपचार भइरहेको छ। 

उपचार भइरहेको मेडिसिटी अस्पतालका कार्डियाेभास्कुलर थेरासिक सर्जन डाक्टर अनिल आचार्यले प्रतीक्षालाई अझै एक हप्ता अस्पतालमा राख्नुपर्ने अवस्था हुनसक्ने बताएका छन्। 

उनले भने, 'मैले प्रतीक्षा र सिंह प्रसाद गुरूङलाई हेरेकाे हुँ। गुरुङलाई सुरूमा इमर्जेन्सीमा राखियाे। उहाँलाई ल्याउँदा दाहिने खुट्टा पुरै छुट्टिएकाे थियाे। घुँडाभन्दा तलकाे भाग थिएन। दाहिने खुट्टाकाे मुख्य रक्तनली फ्याक्चर भएर रगत धेरै भएकाे थियाे। मुटुकाे चाल बन्द भएकाे थियाे। ब्लड प्रेसर थिएन। हामीले ५ पटक सिपिआर गरेपछि पनि बचाउन सकिएन। अपरेसन थियटरमा लैजान लाग्दा डेथ भयाे।

'त्यस्तै प्रतीक्षाजीलाई ल्याउदा सिरियस थिएन। रगत बगेकाे थियाे। एक्स रे गरेपछि १ बजे अपरेशन गर्‍यौँ। पछाडिपट्टी ढाडबाट मेटल छिरेकाे रैछ। तर मेजर अंगमा छाेएकाे रैनछ। अब एक्स रे गर्दा ठीक देखियाे भने ओपिडीमा सार्छाै।  घाउमा इन्फेक्शन भएन भने एक हप्तामा डिस्चार्ज गर्छाै। अहिले अवस्था ठीक छ।'

त्यस्तै अर्थोपेडिक डाक्टर निभा चित्रकारले भने, 'मैले उरूषा मान्धरलाई हेरिराकाे छु। उसलाई अस्पताल ल्याउँदा हाेसमै थियाे। रगत बगेकाे र दुखाई धेरै थियाे। देब्रे खुट्टा इन्जुर्ड थियाे लगभग ५ देखि ६ सेन्टिमेटर घाउ। हड्डीसम्म फ्याक्चर भएकाे छ। खुट्टामा बमका टुक्राहरू थिए। सफा गरेर निकाल्याैँ, अझै निकाल्दैछाैँ। हिजाे राति र अहिले बिहान गरेर दुइपटक अपरेशन गर्‍यौँ। अझै अपरेशन गर्नुपर्छ। उरूषाकाे फ्याक्चर नर्मल पनि हैन, धेरै ठूलाे इन्ज्योर्ड भन्न पनि मिल्दैन। अहिले उहाँलाई ठीक छ। बमका फाेहाेरहरू निकाली नै रहेका छाैँ। हाम्राे टिमले हेरिरहेकाे छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell