PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

हेलिकप्टर दुर्घटना : जीवित कोही रहेनन्, मन्त्री र पिएसओको शव पहिचान, अरु चिनिएनन्



सविन ढकाल

हेलिकप्टर दुर्घटना : जीवित कोही रहेनन्, मन्त्री र पिएसओको शव पहिचान, अरु चिनिएनन्
फोटो : अन्नपूर्ण पोस्ट

काठमाडौ : हेलिकप्टर दुर्घटनामा सबै सात जनाको निधन भएको दुखद् खबर प्राप्त भएको छ। पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ यात्रु र एक पाइलटको मृत्यु भएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए।

चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा सातै जनाको शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन। 

आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभरा जाँदै गर्दा दुर्घटना परेको थियो। गृह प्रवक्ता रामकृष्ण सुवेदीले सातै जनाको निधन भएको र शब ल्याउन लागिएको जानकारी दिए। 'मन्त्री अधिकारी र उहाँका पिएसओको शव पहिचान गर्ने अवस्थामा रहेको र अन्यको भने सनाखत हुन सकेको छैन,' सुवेदीले पहिलोपोस्टलाई भने।

एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटना भएको थियो। मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्। 

हेलिकप्टरमा युवराज दाहाल पनि थिए। उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्। उनी उपसचिव हुन्। त्यस्तै नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख  ध्रुवदाश भोछिभोय,  मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे पनि थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell