PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सिप्यान क्रिकेट अवार्ड : सन्दीप लामिछाने र सीता राना मगर वर्ष खेलाडी घोषित



पहिलोपोस्ट

सिप्यान क्रिकेट अवार्ड : सन्दीप लामिछाने र सीता राना मगर वर्ष खेलाडी घोषित

काठमाडौँ : युवा लेगस्पिनर सन्दीप लामिछाने र सीता राना मगर नेपालको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन्।

नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले पहिलो पटक आयोजना गरेको 'एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८-१९' मा सन्दीप पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन्।

यस्तै महिला राष्ट्रिय टिमकी उपकप्तान सीता महिला वर्ष खेलाडी घोषित भए।

सन्दीपले गत वर्ष नेपालका लागि खेलेका सबैखाले क्रिकेटमा गरी कूल ८४ विकेट लिएका थिए। उनले यस अवार्ड जित राष्ट्रिय टिमका कप्तान पारस खड्का, दिपेन्द्र ऐरी, सोमपाल कामी र करण केसीलाई पछि पारे।

यस्तै महिलातर्फ अवार्डका लागि छनोटको आधार रहेको एक मात्र प्रतियोगिता थाइल्याण्डमा भएको टी २० स्म्यासमा सीता रानाले १३८ रन बनाएकी थिइन्। उनले कप्तान रुविना क्षेत्री, करुणा भण्डारी, इन्दु वर्मा र सरिता मगरलाई पछि पारिन्।

मंगलवार कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना भएको अवार्ड समारोहमा यी दुई विधसहित विभिन्न पाँच विधामा अवार्ड प्रदान गरिएको थियो।

जसमा लाइफटाइम अचिभेमेन्ट अवार्डबाट क्रिकेटका पुराना खेलाडी कोमल पाण्डे सम्मानित भए। फुटबल समेत खेलेका पाण्डे आफ्नो जमानामा सबै खेल खेल्थे।

यस्तै वर्षको उत्कृष्ट क्षणको अवार्ड करण केसीले प्राप्त गरे। गत वर्ष नामिबियामा भएको डिभिजन टू अन्तर्गत क्यानडा विरुद्धको मोस्ट विन म्याचमा करणले एकल प्रदर्शनमा नेपाललाई १ विकेटको शनसनी जित दिलाएका थिए। यस अवार्ड जित्ने क्रममा करणले अन्य ९ क्षणलाई पछि पारे।

यसैगरी उदयीमान वर्ष खेलाडीको अवार्ड राष्ट्रिय टिमका युवा खेलाडी रोंहित कुमार पौडेलले हात पारे।

गत वर्ष डिभिजन टू बाटै राष्ट्रिय टिममा स्थान बनाएका उनले युएई विरुद्ध नेपालले पहिलो ओडिआई सिरिज जित्दा विश्वकै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए।

वर्ष खेलाडी बेनका सन्दीप हाल पाकिस्तान सुपर लिग खेल्न युएईमा रहेकाले उनको अवार्ड र नगद १ लाख ३२ हजार पुरस्कार राष्ट्रिय टिमका कप्तान पारस खड्काले ग्रहण गरे। अन्य चार विधाको विजेताले समान ६६ हजार प्राप्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell