PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूर्व राजा ज्ञानेन्द्रको भोलिदेखि हुन लागेको मधेश भ्रमण अनिश्चित कालका लागि स्थगित, मुमाको स्वास्थ्य बुझ्न काठमाडौँ फर्कँदै



पहिलोपोस्ट

पूर्व राजा ज्ञानेन्द्रको भोलिदेखि हुन लागेको मधेश भ्रमण अनिश्चित कालका लागि स्थगित, मुमाको स्वास्थ्य बुझ्न काठमाडौँ फर्कँदै

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको मधेश यात्रा अनिश्चित कालका लागि स्थगित भएको छ।

ज्ञानेन्द्रकी आमा पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि मधेश यात्रा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पूर्वराजाको सचिवालयले जनाएको छ। 

९१ वर्षकी रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबार साँझ ५ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। पूर्व राजा ज्ञानेन्द्र शाहबाहेक राजपरिवारका सदस्यहरु सबै अस्पताल मंगलबारै पुगेका छन्। 

'उहाँलाई छातीको खराबी र कफ जम्ने समस्या थियो,' नर्भिकका मिडिया कोअर्डिनेटर आरपी मैनालीले पहिलोपोस्टसँग भने, 'आज भने डायरिया र पिसाब कम भएकाले यहाँ ल्याइएको हो।' 

उनका अनुसार विभिन्न टेस्टहरु गरिँदैछ। त्यसको रिपोर्टपछिमात्रै उनको अवस्थाबारे भन्न सकिने मैनालीले जानकारी दिए। 

स्वास्थ्य अवस्था बुझ्न ज्ञानेन्द्र काठमाडौं फर्कँदैछन्।

ज्ञानेन्द्रले बुधबारदेखि जनकपुर केन्द्र बनाएर प्रदेश नम्बर २ का धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell