PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

राष्ट्रपति आइतबार न्युयोर्क जाँदै, 'शक्तिमा नारी' विषयको बैठकमा सम्बोधन गर्ने



रासस

राष्ट्रपति आइतबार न्युयोर्क जाँदै, 'शक्तिमा नारी' विषयको बैठकमा सम्बोधन गर्ने

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछिन्। 

लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवर्द्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा रहने बताए। 

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालय सचिव, सोही कार्यालयका विज्ञसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव, सरकारी र गैरसरकारी क्षेत्रका २४ जना सदस्य छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell