PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, पहिचानवादी पार्टीसँग सहकार्य गर्न आह्वान



बीपी साह

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, पहिचानवादी पार्टीसँग सहकार्य गर्न आह्वान
फाइल फोटो

काठमाडौं: राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। सांसद रेशम चौधरीलाई आजीवन कैदको सजाय सुनाएपछि पार्टीको आज बसेको बैठकले सरकालाई दिइआएको समर्थन फिर्ता लिएको राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जानकारी दिए।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ। त्यसर्थ सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेकोले राजपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइ आएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ।'

 
त्यसैगरी शोषण, उत्पीडन र विभेदका विरुद्ध, पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत बिचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समूहलाई एकता, मोर्चा एवं सहकार्य गर्न राजपा नेपाल आह्वान गरेको छ।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell