PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सीके राउत थुनामुक्त, सुरक्षा चुनौती रहेको भन्दै सरकारले दियो सुरक्षागार्ड



बीपी साह

सीके राउत थुनामुक्त, सुरक्षा चुनौती रहेको भन्दै सरकारले दियो सुरक्षागार्ड

काठमाडौं: विभिन्न जिल्लामा राज्य विप्लवका मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत थुनामुक्त भएका छन्।

पछिल्लो पटक रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ परेका राउत सर्वोच्च अदालतको आदेशमा करिब पाँच महिनापछि रिहा भएका हुन्।

बिहीबार साँझ सुन्धारास्थित सेन्ट्रल जेलबाट उनी रिहा भएको डा.राउतका दाइ जेके राउतले जानकारी दिए। यसैबीच डा.राउतलाई सरकारको तर्फबाट सुरक्षाकर्मी उपलब्ध गराइएको छ। 

डा.राउतमाथि सुरक्षा चुनौती रहेको भन्दै एक जना सुरक्षाकर्मी उपलब्ध गराइएको हो।

प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले आज उनलाई छोड्ने आदेश दिएको हो।

राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले आज बदर गरेको हो। अब उनले साधारण तारेखमा रही उक्त मुद्दा खेप्न पाउने छन्। 

सम्बन्धित समाचार

सिके राउतलाई छोड्न सर्वोच्चको आदेश

सर्वोच्चले किन सिके राउतलाई छाड्न दियो आदेश? यस्ता छन् दुई कारण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell