काठमाडौँ : सीके राउतको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच शुक्रबार ११ बूँदे सहमति भएको छ। सहमति आजैदेखि लागू हुनेछ। राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट सीके राउतले हस्ताक्षर गरे।