PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रौतहट पुगेर प्रम ओलीले भने, 'बोक्सी भए मलाई नै खाओस्' राजपालाई सरकारविरुद्ध नलाग्न चेतावनी



विधुर ढकाल

रौतहट पुगेर प्रम ओलीले भने, 'बोक्सी भए मलाई नै खाओस्' राजपालाई सरकारविरुद्ध नलाग्न चेतावनी
फाइल फोटो

रौतहट: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा), नेपाललाई सरकारविरुद्ध नलाग्न चेतावनी दिएका छन्। ने क पा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा भएको आमसभामा प्रधानमन्त्री ओलीले उक्त चेतावनी दिएका हुन्।

ने क पाका अध्यक्षसमेत रहेका ओलीले राजपालाई व्याङ्ग्य गर्दै जनतालाई फकाइ फुल्याइ एकपटक झुक्याएर भोट पाउँदैमा सरकारविरुद्ध नलाग्न चेतावनी दिएका हुन्।

उनले प्रदेश २ मा अर्को पटक नम्बर १ पार्टी हुने दाबीसमेत गरे।

त्यसैगरी ओलीले तराई मधेशमा व्याप्त बोक्सीप्रथाबारे पनि सम्बोधन गरेका छन्। उनले बोक्सी नहुने र भएमा सबैभन्दा पहिले आफैलाई खानसमेत आग्रह गरे। भने, 'बोक्सी हुँदैन। हुन्थ्यो भने चुनावमा टोकेर विरोधीलाई सकाउँथे। संसारमा बोक्सी भए सबैभन्दा पहिले मलाई आएर खाओस्।'

तराइ मधेशमा बोक्सी आरोप लगाएर कुटपिट हुने गरेको र यो सामन्तहरुले चलाएको कुरीति भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई अन्त्य गर्न आह्वानसमेत गरे। प्रधानमन्त्री ओलीले सरकारले विकासको प्राथमिकतामा मधेशलाई राखेको उल्लेख गरे।

त्यसैगरी ओलीले दुई नं प्रदेशका सबै जिल्ला सदरमुकाम, राजमार्ग र सीमा नाका जोड्ने सडक चार लेनको बनाउने घोषणा गरे। भने, 'तपाईंहरुले चपुर गौर सडक ४ लेनको बनाउन माग गर्नुभएको छ। यसलाई चार लेनको बनाइनेछ। यसलाईमात्र होइन सबै जिल्ला सदरमुकाम जोड्ने सडक चार लेनको बनाइने छ।'

उनले गरुडामा खानेपानी ट्याङ्की बनाउने वचन पनि दिए। प्रधानमन्त्री ओलीले भने, 'तपाईंहरुले खानेपानी ट्याङ्की माग्नु भएको छ। मैले बोले। ग्यारेण्टी भयो खानेपानी ट्याङ्की बन्छ। दमकल माग्नु भएको छ। गरुडालाई दमकल आउँछ। 

उनले लालबकैया नदी कटान र डुबान बागमती कटान समस्या समाधान हुने वचनसमेत दिए। भारतले सीमामा बाधेका बाँधको डुबान समस्या समाधानका लागि मोदीसँग कुरा भएको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell