काठमाडौँ : नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र सबैलाई एकता गराउने माध्यमको रुपमा रहेको नेपालको खेलकुद क्षेत्रमा भने समस्यै समस्या देखिएको छ।
नेपाली खेलकुदकै ठूलो निकायको रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)मै सबैभन्दा धेरै समस्या रहेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको युवा तथा खेलकुद उप-समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।
राखेपकै पूर्व सदस्यसचिव रहेका सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ संयोजक रहेको उप-समितिले खेलकुदमा समस्यै समस्या रहेको जनाएको छ।
श्रेष्ठ संयोजक रहेको ७ सदस्यीय उपसमितिले सम्बन्धित निकायको पदाधिकारीसंगको छलफल, उपलब्ध कागतजात र स्थतगत अवलोकनको आधारमा प्राप्त तथ्यांकलाई आधार मानेर प्रतिवेदन तयार पारेको जनाएको छ।
उपसिमितले स्थलगत अवलोकन र ५ वटा बैठक पछि तयार पारेको प्रतिवेदनमा नेपाली खेलकुदमा रहेका वर्तमान समस्याहरु अन्तर्गत राखेपपमा मात्र २६ समस्याहरु रहेको उल्लेख गरेको छ। जसमा दक्ष जनशक्ति, प्रशिक्षण अभाव देखि लिएर भौतिक पूर्वाधार बजेट लगायत क्षेत्रमा समस्या रहेको देखाइएको छ।
उपसमितिले राखेपसँगै सुरक्षा निकायको खेलकुद, युवा परिषद्, नेपाल स्काउट, युवा तथा साना स्वरोजगारी कोषमा रहेका समस्याहरु पनि उल्लेख गरेको छ।
साथै सबै क्षेत्रमा समस्या समाधानका लागि उपसमितिले समाधानका उपायहरु पनि सिफारिस गरेको छ।
यस्तो छ राखेपमा रहेका २६ समस्या:
बृहत राष्ट्रिय खेलकुल प्रतियोगिताको क्यालेण्डरको व्यवस्था नहुनु जसको कारणले समयमा खेलकुदको आयोजना हुन नसकेको।
विद्यायलय स्तरिय राष्ट्रपति रनिङ्ग सिल्डको क्यालेण्डरको व्यवस्था नहुनु जसको कारणले आयोजना समयमा नहुन र शैक्षिक कारणले विद्यार्थीको तयारी सहभागीतामा असर परिरहेको।
हालसम्म नेपालको खेलाडीहरुको खेलको सम्भावनालाई आधार बनाई खेलको वर्गिकरण नभएको कारणले खेलको एथोचित विकास हुन नसक्नु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सन्तोषजनक परिणाम नआएको।
पुर्वाधारः खेलाडीहरुको खेल अभ्यासको पूर्वाधारको न्युन अवस्था रहेको र अन्तराष्ट्रिय स्तरका पूर्वाधारका सुबिधा नभएको कारणले खेलाडीहरुले बाह्रै महिना खेलको अभ्यास गर्न समस्या परिरहेको।
नेपालको भौगोलिक अवस्थाको आधारमा संभावनायुक्त खेल विधाको विकासको योजना नभएको कारणले लगानी अनुसारको खेलाडीहरुको विकास हुन नसकेको।
विभिन्न प्रतियोगितावाट देखापरेका प्रतिभावान् खेलाडीलाई निरन्तर प्रशिक्षणको लागि प्रशिक्षण केन्द्रको व्यवस्था नभएको कारणले प्रतिभावान् खेलाडीहरु अगाडी आउन नसक्नु।
दक्ष प्रशिक्षकको अभावका कारणलले उचित प्रशिक्षण हुन नसकेको कारणले खेलाडीहरुको स्तर उन्नतीमा समस्या रहको।
खेल प्राविधिकहरु अभावका कारणले प्रतियोगिताहरु आयोजनामा समस्या परिरहेको र प्रतियोगिताको परिणाम पनि स्तरिय हुन नसकेको कारण अन्तरष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्न समस्या परेको।
खेलकुद सम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षण गर्ने एकेडेमी, विश्वबिद्यायलय नभएको कारणले आवश्यक जनशक्ति उत्पादन हुन नसक्दा खेलकुदको विकास र विस्तारमा समस्या परेको।
खेल संघः खेलकुद संघ सम्बन्धमा अन्तराष्ट्रिय मूल्य, मान्यता र अन्तराष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रको आधारमा संघको स्वायत्तताको सुनिश्चिता सहित समय सापेक्ष स्पष्ट नीति निर्माण गरी संचालन नहुँदा संघहरुमा विवादहरु देखा पर्नु, दुईवटा संघ अस्थित्वमा देखीनु जसका कारण खेलकुदमा विवाद हुनुका साथै खेलाडीहरुको विकास अन्तराष्ट्रिय सहभागीता र परिणामा गम्भिर असर परेको।
नेपाल ओलम्पिक कमिटीः खेलकुद राष्ट्रिय रुपमा मात्र सिमित नभई विश्वव्यापी भएको हुँदा खेलकुदको नियमन, संचालन र आयोजना अन्तराष्ट्रिय मुल्य मान्यता अनुसार अन्तराष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रको आधारमा (एक राष्ट्र एक ओलम्पिक) हुने हुँदा खेलको व्यवस्थापन र सहभागीताको लागि नेपालमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको नेपाल ओलम्पिक कमिटीलाई मात्र अधिकार रहेको यथार्थमा नेपाल सरकारको हालसम्मा स्पष्ट नीति नहुँदा खेलकुदको विकास र खेलाडीको स्तर उन्नती र अन्तराष्ट्रिय सहभागीतामा र अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनामा समस्या परेको।
खेलकुदको विकास, विस्तार र अन्तराष्ट्रिय सहभागीताको लागि खेलकुदसँग सम्बन्धीत निकाय मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको विचमा समन्वयकारी संयन्त्र नभएको कारणले खेलकुदको समग्र विकासमा अन्यौलता सिर्जना भएको।
नागरिकहरुको स्वास्थ्य तन्दुरुस्तीको लागि सवैको लागि खेलकुदको अभियान अगाडी बढाउन आधारभूत तहमा रहेको प्रतिभाहरु विकास तथा प्रस्फुटनका लागि खेल सम्बन्धी क्लवहरुको व्यापक विस्तार र सामुदायिक खेलकुद केन्द्रहरु नभएका कारण लुकेका प्रतिभाहरु अगाडी आउन नसक्नु र शारिरिक समस्या देखा पर्नु।
बजेटः खेलकुदमा न्यून प्रतिशत मात्र बजेट विनियोजनको कारणले विकासमा समस्या परको छ। खेलको वर्गिकरण गरी सम्भावनायुक्त खेलका संघहरुलाई कार्यक्रमहरु निर्धारण गरी आवश्यक बजेटको व्यवस्था नभएको कारण व्यवस्थित खेलको विकासका योजनाहरु तयार गर्न नसक्नु र राष्ट्रिय प्रतियोगिताहरु र अन्तराष्ट्रिय प्रतियोगितमा सहभागीता सधै अन्योल ग्रस्त रहदै आएको छ।
नीजि क्षेत्रः खेलकुदको विकासको लागि सरकारको बजेटले मात्र सम्भव नहुने भएको हुँदा नीजि क्षेत्र र सरकारी स्वामित्वका संस्थाहरुको संलग्नतालाई प्रोत्साहित गर्ने नीति र कानूनको आभावको कारण खेल क्षेत्रको उचित विकास हुन नसकेको।
पर्यटनः खेलकुदको माध्ययमवाट पर्यटन क्षेत्रको प्रबर्धन अन्तराष्ट्रिय मुद्राको आर्जन गर्न सकिने।
पर्वतीय खेलकुद : गृष्मकालिन खेलकुदको विकासको पहल हुन नसक्नु। अन्तराष्ट्रिय स्तरका खेल पुर्वाधारको अभावको कारणले नेपालमा अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न समस्या भएको।
हाईअल्टीच्युटः नेपालको भौगोलिक बनावटलाई सदूपयोग गर्दै खेलाडीहरुको स्तर उन्नतीको लागि हाइअल्टीच्युट प्रशिक्षण केन्द्र निर्माण गरी राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण र विदेशी खेलाडीहरुलाई सुविधा दिने व्यवस्था सहिताको अन्तराष्ट्रिय स्तरका प्रशिक्षण केन्द्र निर्माण गरी नेपाली खेलाडीहरुको विकास र आर्थिक आर्जन गर्ने काममा पछाडी परेको।
खेल बर्गिकरणको आधारमा सम्भावनायुक्त खेलका राष्ट्रिय खेलाडीहरु छनौट गरी नियमित पारिश्रमिक र प्रशिक्षणको व्यवस्था नभएको कारण खेलाडीहरुको स्तर उन्नती हुन नसकेको।
परिभाषित अन्तराष्ट्रिय पदक प्राप्त खेलाडीहरुलाई प्रोत्साहन स्वरुप आजीवन स्वास्थ्य, यातायात र विमा जस्ता क्षेत्रहरुमा सामाजिक सुविधा प्रदान गर्ने र रोजगारीको अवसरको लागि विशेष प्राथमिकता प्रदान गर्ने नीति नहुँदा खेल क्षेत्रमा प्रतिभावान खेलाडीहरुको संलग्नतामा समस्या देखा परेको।
केन्द्रिय संयन्त्रः राज्यको पुनरसंरचना भई संघात्मक राज्य व्यवस्था भइसकेको हुँदा खेलकुदको विकास र बिस्तारमा एकरुपता ल्याई संविधानको परिकल्पना अनुसार उद्देश्य हासिल गर्न मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय तह विच समन्वयको लागि केन्द्रिय स्तरमा संयन्त्रको अभावले हाल अन्यौलता सिर्जना भएको छ ।
नेपालको खेलकुदको विकास र पूर्वाधार निर्माणमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको छ र यी सुरक्षा निकायलाई (नेपाल सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल) खेलकुद विकासको लागि बजेटको व्यवस्था नहुँदा समस्या देखा परेको छ।
८औं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एशियाली खेलकुदका पूर्वाधार निर्माणका लागि पर्याप्तबजेट विनियोजन नभएकोले थप बजेट ब्यवस्था हुनुपर्ने,
८औं राष्ट्रिय खेलकुद आयोजनाका लागि पनि आवश्यक बजेट विनियोजन नभएकोले थप बजेट ब्यवस्था हुनु पर्ने,
१३औं दक्षिण एशियाली खेलकुद आयोजनाका लागि सरकारको तर्फबाटै विशेष पहल गरी तयारी अगाडी बढाउनु पर्ने,
समय सापेक्ष खेलकुद ऐन ल्याउनु पर्ने।
८औं राष्ट्रिय खेलकुद आयोजनाको आधिकारिक मिति तय नभएकोले खेलाडिहरुको आफ्नो तयारीबारे अन्यौलता रहेको।