PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छः डा भट्टराई



पहिलोपोस्ट

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छः डा भट्टराई

राजविराजः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन्। राजविराज विमानस्थलमा पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए।

उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गरे। संविधान अनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्ताई परिवर्तन गर्न नसकिने बताउँदै उनले भने, ‘‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन।’’

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell