PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपाली स्की खेलाडी दक्षिण कोरिया जाने



पहिलोपोस्ट

नेपाली स्की खेलाडी दक्षिण कोरिया जाने

काठमाडौँ : दक्षिण कोरियामा आयोजना हुने २८औं एशियन अल्पाईन चिल्ड्रेन च्याम्पियनसिपमा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

एसियन अल्पाईन चिल्ड्रेन प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

कोरियाको ग्वानवन प्रान्तस्थित अल्पेनसिया स्की रिसोर्टमा यही मार्च १६ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा नेपालबाट दुई महिला र दुई पुरुक्ष खेलाडीले सहभागिता जनाउनेछन्।

एसियन स्की फेडेरेसनको आयोजनामा कोरियन स्की एसोसिएसनले गर्ने च्याम्पियनसिपमा १७ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल स्की संघले जनाएको छ।

च्याम्पियनसिपमा नेपालबाट दिनेश कुमार बोहरा, उमङ्ग रन्जित, लक्ष्मी राई, पलिशा बज्राचार्यले प्रतिस्पर्धा गर्ने छन्। नेपाली टोलीको प्रशिक्षक र व्यवस्थापकमा प्रविन कर्माचार्य छन्।

कोरिया जाने नेपाली टोलीलाई प्रतिनिधि सभा सदस्य, नेपाल ओलम्पिक कमिटी र नेपाल स्की संघका अध्यक्ष जीवन राम श्रेष्ठले मंगलवार बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell