PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

ओडिआई स्ट्याटसको एक वर्ष, कस्तो रह्यो नेपालको प्रदर्शन र उपलब्धी?



पहिलोपोस्ट

ओडिआई स्ट्याटसको एक वर्ष, कस्तो रह्यो नेपालको प्रदर्शन र उपलब्धी?

काठमाडौँ : नेपालले आइसीसीको वान डे इन्टरनेशनल ओडिआई राष्ट्रको मान्यता पाएको एक वर्ष पूरा भएको छ।

ठिक एक वर्षअघि आजकै दिन नेपालले जिम्बावेमा भएको आइसीसी वान डे वर्ल्ड कप  क्वालिफायर दौरान एसोसिएटतर्फ उत्कृष्ट तीन राष्ट्रभित्र पर्दै उक्त उपलब्धी हासिल गरेको थियो।

जिम्बावे, अफगानिस्तान र स्कटल्याण्ड्स जस्ता राष्ट्र रहेको समूहमा शीर्ष तीनमा अटाउन नसकेको नेपालले समूह चरणमा हङकङलाई पराजित गरेको थियो।

अफगानिस्तान समान २ अंक भएको नेपाल रनरेटमा पछि परेको थियो। त्यसपछि भएको प्लेअफमा नेपालल २०१८ मार्च १५ पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्दै ओडिआई स्ट्याटसको नजिक पुगेको थियो। त्यही दिन नेदरल्याण्ड्स पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले ओडिआई स्ट्याटस हात पारेको हो

यो एक वर्षको अवधीमा नेपालले दुई राष्ट्रसँग दुईपक्षिय ओडिआई सिरिज खेल्यो। जसमध्ये एक मा जित र एकमा हारको नतिजा नेपालले हात पार्‍यो।

यस समयमा नेपालले कूल ६ ओडिआई म्याच खेल्दा ५० प्रतिशत खेल अर्थात ३ खेल जित्यो भने ३ खेलमा हार बेहोर्‍यो।

नेपालको ३० वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट टाइमलाइन : पहिलो पटक ओडिआई स्ट्याटस, कहिले के भयो?

गत वर्ष मार्चमा ४ वर्षको लागि पहिलो पटक ओडिआई स्ट्याटस पाएपछि नेपालले अगष्टमा नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेको थियो। दुई खेलको उक्त ऐतिहासिक सिरिज नेपालले १-१ को बराबरीमा टुङ्गायो।

नेदरल्याण्ड्स विरुद्ध उसैको मैदानमा खेलेको सिरिजको पहिलो खेल हारेपनि नेपालले दोस्रो खेलमा कमब्याक गर्दै उत्कृष्ट प्रदर्शन गर्‍यो र डच टोलीमाथि अन्तिम बलमा १ रनको रोमाञ्चक जित हात पार्न सफल भयो।

उक्त खेलमा कप्तान पारस खड्काले अन्तिम ओभरमा ५ रन डिफेण्ड गर्दै नेपाललाई जित दिलाए।

पहिलो ओडिआई खेलमा सहभागिता जनाएका भेट्रान स्पिनर शक्ति गौचनले उक्त खेल नै अन्तिम ओडिआई खेल बनाउँदै सन्यास लिए।

ऐतिहासिक सिरिज खेलेको झण्डै ६ महिनापछि नेपालले युएईसँग २०१९ को जनवरीमा ओडिआई सिरिज खेल्यो। टी २० र ओडिआई सिरिज एउटै समयमा भएको थियो जसमा नेपालले दुवै सिरिज जित्त्दै ऐतिसहिक सफलता हात पार्‍यो।

युएई विरुद्ध उसैको मैदानमा खेलेको दुवै सिरिजमा नेपालले पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई खेल जितेर सिरिज जितेको हो।

युएई विरुद्धको तेस्रो ओडिआईमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गर्दै शतक हान्ने पहिलो खेलाडी बने।

यस्तै दोस्रो खेलमा नेपालका सोमपाल कामीले ५ विकेट लिए र उनी ओडिआईमा यस्तो सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बने।

पहिलो ओडिआईमा नेपाल ३ विकेटले पराजित भएको थियो। तर दोस्रो ओडिआईमा नेपालका युवा खेलाडीहरु चम्किएपछि १४५ रनको जित हात पार्दै सिरिज १-१ को बराबरी गरेको थियो। उक्त खेलमा रोहित पौडेल अर्धशतक प्रहार गर्दै विश्वकै कान्छो खेलाडी बनेका थिए भने सोमपालले ५ र सन्दीप लामिछानेले ४ विकेट लिए।

यस्तै तेस्रो ओडिआईमा कप्तान पारस खड्काले शतकिय इनिङ्स खेलेपछि नेपालले २५५ रनको लक्ष्य चेस गर्दै ४ विकेटका साथ जित हात पारेको थियो।

यी दुई सिरिज बाहेक नेपालले अर्को ओडिआई म्याच एसिया कप छनोटमा खेलेको थियो। नेपाल र युएई दुवै ओडिआई राष्ट्र भएकाले मलेसियामा भएको छनोटअन्तर्गत नेपाल-युएई खेलले ओडिआई मान्यता पाएको थियो। उक्त खेलमा भने नेपाल पराजित भएको थियो।

६ राष्ट्र सहभागि छनोटमा शीर्ष दुई भित्र पर्न नसकेपछि नेपाल एसिया कपमा छनोट हुन सकेन। यस्तै चौथो भएका कारण नेपालले इमर्जिङ कप पनि खेल्न पाएन।

 

नेपाली खेलाडीको यी रेकर्ड जुन कहिल्यै परिवर्तन हुनेछैन

 

नेपालको ओडिआई खेलको नतिजाहरु:

नेदरल्याण्ड्स विरुद्धको सिरिज

पहिलो ओडिआई : नेदरल्याण्ड्स १८९/१० (४७.४ ओभर) नेपाल १३४/१० (४१.५ ओभर)

नेदरल्याण्ड्स ५५ रनले विजयी

 

दोस्रो ओडिआई : नेपाल २१६/१० (४८.५ ओभर) नेदरल्याण्ड्स २१५/१० (५० ओभर)

नेपाल १ रनले विजयी

 

युएई विरुद्धको सिरिज

पहिलो ओडिआई : नेपाल ११३ (३३.५ ओभर) युएई ११६/७ (३२.१ ओभर)

युएई ३ विकेटले विजयी

 

दोस्रो ओडिआई : नेपाल २४२/९ (५० ओभर) युएई ९७/१० (१९.३ ओभर)

नेपाल १४५ रनले विजयी

 

तेस्रो ओडिआई : युएई २५४/६ (५० ओभर) नेपाल २५५/६ (४४.४ ओभर)

नेपाल ४ विकेटले विजयी

एक वर्षमा नेपालले खेलको ओडिआई सिरिज अंकमा र केही तथ्याङ्कहरु:

सिरिज : २

सिरिज जित : १

सिरिज हार : ०

सिरिज बराबरी :१

कूल खेल : ६

जित खेल : ३

हार खेल : ३

उच्च स्कोर : २५५ रन

कम स्कोर : ११३ रन

व्यक्तिगत उच्च स्कोर : ११५ रन पारस खड्का

पहिलो शतक : पारस खड्का ११५ रन, युएई विरुद्ध तेस्रो ओडिआई

पहिलो अर्धशतक : ज्ञानेन्द्र मल्ल, नेदरल्याण्ड्स विरुद्धको पहिलो ओडिआई

शतक : १ पारस खड्का ११५

अर्धशतक : ५ - ज्ञानेन्द्र मल्ल ५१ रन, पारस खड्का ५१ रन, सोमपाल कामी ६१ रन, सुवास खकुरेल ५० रन, रोहित कुमार पौडेल ५५ रन

एकै इनिङ्समा ५ विकेट लिने पहिलो खेलाडी : सोमपाल कामी १ पटक

एकै इनिङ्समा ४ विकेट लिने खेलाडी : सन्दीप लामिछाने २ पटक, पारस खड्का १ पटक

एकै इनिङ्समा ४ विकेट लिने पहिलो खेलाडी : पारस खड्का, नेदरल्याण्ड्स विरुद्धको पहिलो ओडिआई

सर्वाधिक रन : पारस खड्का २३५ रन

सर्वाधिक विकेट : सन्दीप लामिछाने १५ विकेट

फराकिलो जित अन्तर : १४५ रन, युएई विरुद्ध

कम अन्तरको जित : १ रन, नेदरल्याण्ड्स विरुद्ध



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell