PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

यस्तो छ सुहाना र अनमोल अभिनित 'ए मेरो हजुर ३'को गीत



पहिलोपोस्ट

यस्तो छ सुहाना र अनमोल अभिनित 'ए मेरो हजुर ३'को गीत

काठमाडौं:  फिल्म 'ए मेरो हजुर ३'को नयाँ गीत सार्वजनिक भएको छ। अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा र अनमोल केसी अभिनित फिल्मको 'जिन्दगी नै भन्दिन'बोलको गीत सार्वजनिक भएको हो।

सुगम पोख्रेल र प्रविशा अधिकारीको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ। गीतमा आशिष अविरलले संगीत दिएका हुन्।

झरनाको निर्देशनमा बनेको फिल्ममा सुहाना र अनमोलसँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङलगायतको अभिनय छ। फिल्ममा हिमाल केसीको द्वन्द्व, कविराज गहतराज, रामजी लामिछाने, प्रवीण सिंह  र राहुल शाहको कोरियोग्राफी छ।

यो सुहानाको डेब्यू फिल्म हो। अनमोल अभिनित 'क्याप्टेन' भने हालै प्रदर्शनमा आयो। सुहाना र अनमोलको स्क्रिन जोडीलाई दर्शकले कत्तिको रुचाउँलान्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell