PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

राष्ट्रपति भण्डारीको फिर्ती सवारीमा यातायात दुवैतर्फ बन्द



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीको फिर्ती सवारीमा यातायात दुवैतर्फ बन्द

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाबाट नेपाल फर्किँदा दुई तर्फी यातायात बन्द गरिने भएको छ। महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको कार्यक्रममा सहभागी भएर नेपाल फिर्ती सवारीमा दुईतर्फी यातायात बन्द गरिन लागेको हो।

आजै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभाका कारण बिहानैदेखि राजधानीको यातायात प्रभावित रहँदै आएको थियो। त्यसमाथि राष्ट्रपतिको आगमनले थप प्रभाव पर्ने भएको छ। 

उनको सवारीका कारण राजधानीका केही स्थानमा सवारी आगमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। 

राष्ट्रपति भण्डारी आज दिउँसो अमेरिकाबाट आउँदैछिन्। महानगरिय ट्राफिक प्रहरी महाशाखाले विषेश कारण देखाउँदै ३:३० बजे जारी गरेको नोटिसमा एयरपोर्ट,तिलगंगा,गौशाला चोक, रातो पुल,ज्ञानेश्वर,ल्होत्से चोक, नक्साल भगवाती, छातागणेश, भाटभटेनी, बालुवाटार, शिवपुरी कलेज, लक्ष्मी निवास, शीतल निवास हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा प्रभावित हुने जानकारी दिएको छ। सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

ट्राफिक प्रहरीको एपमा दिइएको सूचना।

फेसबुकमा राखिएको सूचना। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell