PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कर्णालीको कथा काठमाडौंमा: नाटक 'गर्भ छिटा'



पहिलोपोस्ट

कर्णालीको कथा काठमाडौंमा: नाटक 'गर्भ छिटा'

पम्फा आमाको गर्भमै छँदा विवाह पक्का भएको हुन्छ। बुबाले कुटुम्बलाई दिएको वचनका कारण छोरीको उमेरै नपुगी विवाह गराइन्छ। तर उनी मनसुरसँगको वैवाहिक जीवनमा खुशी भने हुन्नन्। बुबाको वचन र परम्परागत मान्यताका कारण निम्तने अस्वभाविक अवस्था, मानसिक तनाव आदि बारे नाटक ‘गर्भ छिटा’ बनेको छ।

एउटी किशोरीले आफूले चाहेको वा प्रेम गर्ने व्यक्तिसँग विवाह गर्न पाउँदिन, प्रेममा सामाजिक मान्यता र जातीय विभेद तगारो बन्छ, आफ्नो इज्जतको बारेमा सोच्ने परिवार छोरीको पीडाको बारेमा सोच्दैन। कर्णालीको भाषा, मौलिक कला, संस्कृति, संगीत,वेशभूषामार्फत यो कथा भन्ने जमर्को गरेका हुन् निर्देशक हिरा बिजुली नेपाली र कर्णाली थिएटर टोलीले।

तीसभन्दा बढी नाटक लेखिसकेका हिरा बिजुली २०६४ सालमा स्थापित् कर्णाली थिएटरका अध्यक्ष हुन्। आर्ट सेन्टरका रुपमा परिभाषित थिएटरमार्फत कर्णालीको कला, संस्कृति प्रवर्द्धनमा जुटेका छन् उनी। योपटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चनका लागि काठमाडौं ल्याइएको नाटक ‘गर्भ छिटा’मा कर्णालीमा बोलिने खस भाषाको प्रयोग गरिएको छ।

परम्पराले निम्त्याएको समाजिक विकृति, महिला र दलितहरुमाथिको विभेद र दमन नाटकको केन्द्रमा छ। नाटकलाई हिरा बिजुली नेपाली स्वयंले लेखेका हुन्।

नाटककमा विष्णुमाया परियार, गोविन्द सुनार, गणेशबहादुर खड्का, राज मल्ल, हिरा बिजुली नेपाली, जसुल्ली नेपाली, सुशिला रावल, अर्जुन परियार, दीपन्द्र नेपाली, भिमबहादुर बिक, हेमराज बिक, रामु बिक, जन्मलक्ष्मी हमाल, उजेली खड्का, खामु बिक, औसिमा परियार लगायतको अभिनय रहेको छ। 

अनामनगरस्थित मण्डला नाटक घरमा फागुन २४ गतेदेखि नाटक मञ्चन भइरहेको छ। चैत ३ गतेसम्म गर्भ छिटा नियमित देखाइने छ। शनिबार दिउसो २ बजे र ५ बजे दुईपटक नाटक प्रदर्शन हुनेछ। 

फोटो: निटफेस्ट 

 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell