PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह



पहिलोपोस्ट

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

काठमाडौँ: नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने समेत बताए।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए। सभापति देउवाले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताए।

नेपाली काङ्ग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको दावी गरे। नेपाली काङ्ग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले नेपाल संविधानमा भएको व्यवस्था मान्ने बताए।

देउवाले गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell