PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य जीवन्तलाई पाँच दिनको म्याद थप



पहिलोपोस्ट

प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य जीवन्तलाई पाँच दिनको म्याद थप

काठमाडौँ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पाेलिटब्युराे सदस्य मोहन कार्की 'जीवन्त'लाई जिल्ला अदालत काठमाडौँले ५ दिनकाे म्याद थप गरेकाे छ।

चैत १ गतेदेखि लागू हुने गरी जीवन्तलाई ५ दिनकाे म्याद थप गरिएकाे हाे। प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ।  

त्यस्तै अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका संयाेजक राजु कार्कीलाई थप ४ दिन म्याद थप गरिएकाे छ भने युवा संगठनका जयराम ड‌ंगाेललाई तीन दिन म्याद थप गरिएकाे छ । तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएकाे छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell