PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मुख्यमन्त्री कप : पुरुष फुटबल र महिला क्रिकेटमा सुदूरपश्चिम च्याम्पियन, पुरुष क्रिकेटको उपाधि प्रदेश दुई लाई



पहिलोपोस्ट

मुख्यमन्त्री कप : पुरुष फुटबल र महिला क्रिकेटमा सुदूरपश्चिम च्याम्पियन, पुरुष क्रिकेटको उपाधि प्रदेश दुई लाई
पुरुष क्रिकेटमा च्याम्पियन बनेको प्रदेश २

धनगढी : धनगढीमा भइरहेको अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल र महिला क्रिकेटमा सुदूरपश्चिम च्याम्पियन बनेको छ।

पुरुष फुटबलअन्तर्गत आइतवार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश नम्वर १ लाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो।

यस्तै महिला क्रिकेटमा पनि सुदूरपश्चिमले फाइनलमा प्रदेश १ लाई नै पराजित गर्दै उपाधि जितेको छ। आज भएको फाइनलमा सुपले प्रदेश १ लाई ८ विकेटले पराजित गरेको हो।

 

पुरुष क्रिकेटमा प्रदेश २ च्याम्पियन

यसैगरी पुरुष क्रिकेटमा प्रदेश नम्बर २ च्याम्पियन बनेको छ। फाप्ला क्रिकेट मैदानमा आज भएको फाइनलमा गण्डकी प्रदेशलाई पराजित गर्दै प्रदेश नम्बर २ ले उपाधि जितेको हो।

प्रदेश २ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell