इटालियन सिरी ए मा लिग लिडर युभेन्ट्सको अपराजित यात्रा टुङ्गिएको छ। यस सिजन २७ खेलसम्म अपराजित रहेको युभेन्ट्स आइतवार जेनोबसँग २-० ले पराजित भएको हो।
जेनोबको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर क्रिस्टियानो रोनाल्डो विनै मैदान उत्रेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल खायो।
जेनोबलाई घरेलु मैदानमा शानदार जित दिलाउन स्टेपानो स्टुअरोले ७२औँ र गोरन पाण्डेभले ८१औँ मिनेटमा गोल गरे।
हारका बावजुत पनि २८ खेलबाट ७५ अंकसहित युभेन्ट्स शीर्ष स्थानमा छ। युभेन्ट्स अझै दोस्रो स्थानको नेपोली भन्दा १८ अंकले अगाडि छ।
जितपछि २८ खेलबाट ३३ अंक जोडेको जेनोब १२औँ स्थानमा उक्लेको छ।