PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ब्राजिल र अर्जेन्टिना विजयी



पहिलोपोस्ट

ब्राजिल र अर्जेन्टिना विजयी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्।

गाब्रिएल सेससले दुई गोल गरेपछि ब्राजिलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै चेक रिपब्लिकाई ३-१ ले पराजित गरेको हो।

डेविड पालेकाले ३९औँ मिनेटमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा ३ गोल फर्कायो।

ब्राजिलका लागि रोवर्टो फिरमिनोले ४९औँ मिनेटमा बराबरी गोल फर्काए। जेससले ८३औँ मिनेटमा पहिलो गोल गरे भने अन्तिम समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई जित दिलाए।

यस्तै अर्जेन्टिनाले मोरोक्कोलाई १-० ले पराजित गरेको छ। यसअघि भेनेजुएला विरुद्ध खेल्दै राष्ट्रिय टिममा पुनरागमन गरेका लिओनल मेसी विना नै मैदान उत्रेको अर्जेन्टिनालाई जिताउन एन्जल कोरेअले एक मात्र गोल गरे। उनले ८३औँ मिनेटमा निर्णायक गोल गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell