PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विप्लवलाई उचालेर क्रान्तिकारी रोमान्सतिर नलागौं: प्रवक्ता बास्कोटा



बीपी साह

विप्लवलाई उचालेर क्रान्तिकारी रोमान्सतिर नलागौं: प्रवक्ता बास्कोटा

काठमाडौं: नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘क्रान्तिकारी रोमान्सतिर’ लाग्न नहुने बताएका छन्। 

हतियारधारी विप्लव समूहलाई सञ्चारमाध्यमसहित कतिपय व्यक्तिले उचालेर क्रान्तिकारी रोमान्स गर्न खोजेको आरोप पनि मन्त्री बाँस्कोटाले लगाए।

‘आतंककारी क्रियाकलापलाई सरकारले पराजित गर्छ,’ मन्त्री बाँस्कोटाले भने,‘हिंसालाई प्रोत्साहित गर्ने काम कसैले गर्नु हुँदैन। हिंसा भयो भने बढी क्षति सर्वसाधारणलाई हुनेछ। यसअघि हामीले धेरै क्षति गरिसकेका छौं।’

कुनै पनि शक्तिले क्रान्तिकारी रोमान्सतिर लाग्नुभन्दा शान्तिपूर्ण मार्गबाट आ–आफ्नो सपना साकार पार्नु पर्ने उनले बताए।

यसैबीच नेपाली सेनाले विप्लव समूहलाई राजनीतिक रुपमा समाधान गर्नु पर्ने टिप्पणी आएको विषयलाई मन्त्री बास्कोटाले खण्डन गरे।

यस किसिमको कुनै पनि टिप्पणी सेनाबाट नआएको दाबी गर्दै मन्त्री बास्कोटाले भने,‘नेपाली सेना नेपाल सरकारको एउटा अंग हो। सरकारको निर्देशन मान्छ। अहिलेसम्म सरकारलाई कुनै पनि असहयोग गरेको छैन।’

नेपाली सेनाको सञ्चालनका विषयमा केही नेताहरुको टिप्पणीप्रति प्रहार गर्दै मन्त्री बास्कोटोले भने,‘कतिपयलाई सपनामा हिँड्ने बानी परेको छ। झलमलमा बिउँझिँदा के गरे के गरे हुन्छ। अहिले सेनाको परिचालनको विषय सपनामा उठाइएको छ। कानून नै नपढी सेना परिचालनको विषयमा कुरा उठाइएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell