PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फिफा वरीयतामा नेपाल यथावत्



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल यथावत्

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरीयताअनुसार नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन र १६१औँ स्थानमा कायम छ।  

अघिल्लो महिना पनि नेपाल त्यही स्थानमा थियो। यस बीचमा नेपाल कुवेतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। कुवेतमै भएको खेलमा नेपालले एक बराबरी गर्दा अर्कोमा पराजित भएको थियो।

दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल भारत र माल्दिभ्सपछि छ। भारत १०१औँ स्थानमा रहँदा माल्दिभ्स १५१ ओ स्थानमा छ।

यस्तै भुटान १८६औँ, बंगलादेश १८८औँ, पाकिस्तान २ सयौँ र श्रीलंका २०२औँ स्थानमा छ।

विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् छ। बेल्जियमसँगै अपरिवर्तित रहेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा यथावत् छ।

यस्तै इंगल्याण्ड चौथो स्थानमा उक्लँदा विश्वकप उपविजेता पाँचौ स्थानमा झरेको छ। उरुग्वे एक स्थान सुधार गर्दै छैटौँमा पुग्दा पोर्चुगल सातौँमा झरेको छ।

स्वीट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र अर्जेन्टिना दशौँ स्थानमा यथावत् छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell