PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइपीएल : आन्द्रे रसेलले १३ बलमा नटआउट ४८ रन बनाएपछि बैंगलोरमाथि कोलकताको शानदार जित



पहिलोपोस्ट

आइपीएल : आन्द्रे रसेलले १३ बलमा नटआउट ४८ रन बनाएपछि बैंगलोरमाथि कोलकताको शानदार जित

आन्द्रे रसेलले विष्फोट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिगमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध २ सय भन्दा बढी रनको स्कोर चेस गर्दै शानदार जित हात पारेको छ।

छैटौँ नम्बरमा ब्याटिङ गरेको रसेलले १३ बलमा नटआउट ४८ रन बनाएपछि कोलकताले २०६ रनको लक्ष्य कोलकताले ५ बल अगावै पुरा गरेको हो। तेस्रो जितपछि कोलकता ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लेको छ।

यस सिजन बैंगलोरको यो लगातार पाँचौ हार हो। कप्तान विराट कोहलीलर ए बी डे भिलियर्सले शानदार ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपनि जित दिलाउन पर्याप्त भए। बैंगलोर यस सिजन अंकविहिन छ।

कोलकतालाई अन्तिम चार ओभरमा ६४ रन आवश्यक रहेको बेला क्रिसजमा पुगेका रसेलले ७ छक्का प्रहार गरे।

१२ बलमा जितका लागि ३० रन चाहिएको अवस्थामा रसेलले १९औँ ओभरमा टिम साउथाई चार छक्का र १ चौका प्रहार गर्दै जित दिलाउन सहयोग गरे।

कोलकताको लागि क्रिस लिनले ४३, नितिश रानाले ३७ र रोविन उथापाले ३३ रन योगदान गरे।

बैंगलोरका लागि एन सैनी र पवन नेगीले २-२ विकेट लिए।

त्यसअघि विराट कोहली र डे भिलियर्सको शतकिय साझेदारी मद्दतमा बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो। कोहलीले ४९ बल खेल्दै ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८४ रन बनाए। डे भिलियर्सले ३२ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा ६३ रन बनाए। पार्थिव पटेलले २५ रन जोडे भने मार्कुस स्टोइनिसले नटआउट २८ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell