PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

काँग्रेस प्रवेशपछि अभिनेता शत्रुघन सिन्हाको मोदीमाथि हमला- नोटबन्दी दुनियाँकै ठुलो घोटाला



पहिलोपोस्ट

काँग्रेस प्रवेशपछि अभिनेता शत्रुघन सिन्हाको मोदीमाथि हमला- नोटबन्दी दुनियाँकै ठुलो घोटाला

नयाँ दिल्ली: बलिउड अभिनेता शत्रुघन सिन्हा भारतीय नेसनल काँग्रेसमा प्रवेश गरेका छन्। सत्तारुढ दल भारतीय जनता पार्टीबाट दुई पटक लोकसभा सदस्य रहिसकेका उनी शनिबार काँग्रेसमा प्रवेश गरेका हुन्। 

सिन्हा काँग्रेस प्रवेश गरेसँगै उनलाई पटनाको साहिबबाट उम्मेदवार बनाउने तयारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

शनिबार उनी काँग्रेस महासचिव केसी वेणुगोपालको उपस्थितिमा पार्टीको सदस्यता लिएका हुन्। भाजपा परित्याग गरेसँगै सिन्हाले ट्वीट गर्दै गह्रुंगो मनका आफ्नो पुरानो पार्टी परित्याग गरेको बताएका छन्। 

'धेरै भारी मनका साथ मैले आफ्नो पुरानो पार्टी भाजपा छोड्ने निर्णय लिएको छु। मेरो भाजपा छाड्नुको कारण सबैले जानेका छन्। लोक शाही, तानशाहीको आधारमा चल्दै गयो। अब म यी सबै चिज छोडेर आएको छु,' उनले अगाडि लेखेका छन्, 'मैले उनीहरूलाई माफी दिइसकेको छु। आशा छ मेरो नयाँ पार्टीले नागरिक समाज र देशको सेवा गर्ने मौका दिने छ।'

सिन्हाले भाजपा 'वन मैन आर्मी टु मैन सो' भएको आरोपसमेत लगाएका छन्। उनले आफू लोकशाहीलाई लिएर अगाडि बढ्दै जाँदा भाजपामा लोक शाही तानासाहीमा बदलिएको बताए। 

उनले भाजपाले दिग्गज नेताहरूलाई किनारा लगाउँदै लगेको बताए। आडवाणीलाई मार्गदर्शक मण्डलमा पठाएको र त्यसको अहिलेसम्म एउटा पनि बैठक नबसेको उनले बताए। 

त्यस्तै भाजपाले जसवंत सिंह, अरुण शौरी, मुरली मनोहर जोशी र यसवंत सिन्हालाई किनारा लगाएकोसमेत बताए।  

त्यस्तै लखनउबाटै गृहमन्त्री राजनाथ सिंहको विरुद्धमा पत्नी पुन सिन्हा चुनावमा लड्न सक्ने सम्भावनालाईसमेत सिन्हाले सङ्केत दिएका छन्। 

काँग्रेस प्रवेश गर्दै सिन्हाले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि प्रहार गरे। 

'आज सम्म म माथि कुनै भ्रष्टाचारको आरोप छैन। मलाई मन्त्री बनाइएन। म सोध्न चाहन्छु की यो सरकारका यस्ता चार मन्त्रीको नाम बताइदिनुस् जसमाथि कुनै आरोप नलागेको होस,' उनले अगाडि भनेका छन्, 'सबै काम प्रधानमन्त्री कार्यालयबाट हुन्छ। पार्टीले खातामा १५ लाख रुपैयाँ दिने र १०० स्मार्ट सिटीको कुरा गरेको थियो। कुनै एउटा काम देखाइ दिओस। मैले जीवनमा एउटा कुरा सिकेको छू व्यक्ति भन्दा ठुलो पार्टी र पार्टी भन्दा ठुलो देश हुन्छ। मैले देशहितमा गरिब, किसान र युवाको कुरा गरेको छु।'

उनले प्रधानमन्त्री मोदी माथि नोटबन्दी, फजुल प्रचार खर्च, जिएसटीको विषयमा घोटाला गरेको आरोपसमेत लगाए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell