PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएल : राजस्थानलाई पराजित गर्दै कोलकता शीर्ष स्थानमा, नारिन र लिनको आक्रमक ब्याटिङ



पहिलोपोस्ट

आइपीएल : राजस्थानलाई पराजित गर्दै कोलकता शीर्ष स्थानमा, नारिन र लिनको आक्रमक ब्याटिङ

काठमाडौँ : कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को शीर्ष स्थानमा उक्लेको छ। उत्कृष्ट बलिङ अनी क्रिस लिनको अर्धशतक मद्दतमा कोलकताले राजस्थान रोएल्सलाई ८ विकेटले पराजित गरेको हो।

यस सिजन ५ खेल खेलेको कोलकताले ४ जितबाट चेन्नाई सुपर किंग्स समान ८ अंक जोड्दै रनरेटमा चेन्नाईलाई पछि पारेको हो। राजस्थान भने २ अंकका साथ सातौँमा छ।

लिनको ५० रन मद्दतमा कोलकताले १४० रनको लक्ष्य १३.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। लिनले ३१ बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए।

त्यसअघि लिन र सुनिल नारिनले पहिलो विकेटका लागि ८.३ ओभरमा ९१ रनको साझेदारी गर्दै कोलकतालाई शानदार सुरुवात दिलाएका थिए। नारिनले २५ बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ४७ रन बनाए।

यस्तै रोविन उथापाले १६ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा नटआउट २६ रन बनाए। शुभमन गिलले नटआउट ६ रन बनाए। राजस्थानका श्रेयास गोपालले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले स्टिभ स्मिथको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १३९ रन बनाएको थियो। स्मिथले नटआउट ७३ रन बनाएपनि अन्य खेलाडी राम्रो ब्याटिङ गर्न नसक्दा राजस्थानले मध्यम स्कोर बनाएको हो। स्मिथले ५९ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे।

यस्तै जोस बटलरले ३७ रन जोडे। कप्तान अजिन्का रहाने ५ र राहुल त्रिपाटी ६ रनमा आउट भए। बेन स्टोक ७ रनमा नटआउट रहे।

कोलकताका लागि आइपीएलमा डेब्यु गरेका हेनरी गर्नेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell