काठमाडौँ : मलेसियामा यही बुधवारदेखि सुरु हुने आइसीसी यू-१९ वर्ल्डकप क्रिकेट क्वालिफायर (एसिया) खेल्नका लागि नेपाली यू-१९ क्रिकेट टोली हाल मलेसियामा छ।
सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू-१९ वर्ल्डकपको लागि एसियन रिजनल क्वालिफायरको रुपमा रहेको यस प्रतियोगिताबाट एक टोली वर्ल्डकपमा छानिनेछन्।
प्रतियोगितामा नेपालसहित मलेसिया, युएई, सिंगापुर, ओमान र कुवेत सहभागि छन्। नेपालले अप्रिल १२ मा सिंगापुरसँग पहिलो खेल खेल्नेछ।
प्रतियोगिता सुरु हुनुअघि नेपाली टोलीले सोमवार मलेसियामा प्राक्टिस गरेको छ।
फोटो सौजन्य : रमन शिवाकोटी