PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

वुमन्स टी २० लिगको मिति र खेल स्थल सर्‍यो, दुई लिगको समय एकैपटक



पहिलोपोस्ट

वुमन्स टी २० लिगको मिति र खेल स्थल सर्‍यो, दुई लिगको समय एकैपटक

काठमाडौँ : नेपाली महिला क्रिकेटको इतिहासमा दुई टी २० फ्रेन्चाइज्ड लिग आयोजना हुने घोषणा भएपछि यसले निकै चर्चा पायो। एउटा काठमाडौँ र अर्को मोफसलमा हुने गरी प्रतियोगिता त्यसको मिति र खेल स्थल घोषणा भएको थियो।

तर आठौँ राष्ट्रिय खेलकुद अनी आन्तरिक तयारीका कारण दुवै लिग तोकिएको समयमा सुरु हुन सकेन।

एनसीएल स्पोर्ट्स प्रालि ले विराटनगरको बैजनाथ क्रिकेट मैदानमा आगामी वैशाख ७ देखि १४ सम्म संचालन गर्ने भनिएको वुमन्स टी २० लिगको मिति एक महिना पछि सरेको छ। यस्तै प्रतियोगिता हुने स्थान पनि सरेको छ। अब उक्त प्रतियोगिता काठमाडौँमै हुने भएको छ। आयोजक संस्थाका अध्यक्ष जय राज रोएले प्रतियोगिता अब कीर्तिपुरस्थित टीयू मैदानमा जेठ ६ देखि १३ गतेसम्म आयोजना गर्ने त्यसको लागि मैदान बुकिङ समेत गरिसकेको बताएका छन्।

'एनसिएल स्पोर्ट्स प्रालिले राखेपको समन्वयमा 'वुमेन्स टि २० लिग क्रिकेट प्रतियोगिता' आगामी जेष्ठ ६-१३, २०७६ मा  काठमाडौँ कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सन्चालन हुने तय गरेको जानकारी गराउन चाहन्छौं, सोही अनुसार राखेप मार्फत् उपरोक्त मैदानको बुकिङ्ग गरिसकिएको छ।' रोएले विज्ञप्तीमा उल्लेख गरेका छन्।

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत 'महिला क्रिकेट' को मिति र वुमन्स टि२० क्रिकेट लिगको मिति जुधेको हुँदा नयाँ मिति घोषणा गरेको उनले जनाए।

यसैगरी क्वीन्स इभेन्ट म्यानेजमेन्टले यही चैत अन्तिममा गर्ने भनेको वुमन्स च्याम्पियन्स टी २० लिगको मिति पनि सरेको जानकारी आजै दिएको छ।

आयोजकले उक्त लिग जेठ ३ देखि ११ गतेसम्म कीर्तिपुरको टीयू मैदानमै गर्ने जानकारी दिएको छ र लिगको लागि पाँच टिमको नाम र मार्की प्लेअर भोली घोषणा गर्ने जनाएको छ।

वुमन्स टी २० लिगको लागि भने चार शहरको नामबाट चार टिमको नाम तय भइसकेको छ र मार्की प्लेअर घोषणासहित अक्सन समेत भइसकेको छ। चार टिमले अक्सनबाट १३-१३ खेलाडी लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell