PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

ह्याप्पिनेस रिपोर्टमा नेपाल १०० मा सूचीकृत, कुन कुन छन् शीर्षमा?



पहिलोपोस्ट

ह्याप्पिनेस रिपोर्टमा नेपाल १०० मा सूचीकृत, कुन कुन छन् शीर्षमा?

काठमाडौं : वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा नेपाल सयौँ स्थानमा सूचीकृत भएको छ। शिक्षा, भ्रष्टाचार, औशत आयु लगायतका सूचकांकलाई आधार मानेर गरिएको सर्वेक्षणले नेपाल विश्वको सयौँ स्थानमा परेको हो।

यो सूचीमा फिनल्याण्ड पहिलो, डेनमार्क दोस्रो, नर्वे तेस्रो स्थानमा छन्। त्यस्तै आइसल्याण्ड र नेदरल्याण्ड चौथो र पाँचौँ स्थानमा छन्।

नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ। दक्षिण एसियामा पहिलो स्थानमा पाकिस्तान छ। पाकिस्तान सूचीको ६७ औँ स्थानमा छ। विश्वको ९५ औँ स्थानमा रहेको भूटान दक्षिण एसियाको दोस्रो स्थानमा छ भने १२५ सूचीमा रहेको बंगलादेश चौथो स्थानमा छ।

त्यस्तै श्रीलंका १३० औं सूचीमा सूचिकृत हुँदा दक्षिण एसियामा पाँचौँ र विश्वमा १४० औँ स्थानमा रहको भारत दक्षिण एसियामा छैठौँ स्थानमा रहेको छ। अफगानिस्तान विश्वको १५४ र दक्षिण एसियाको सातौँ स्थानमा रहेको छ।

यो सूचीको पुछारमा साउथ सुडान रहेको छ। १५६ देशहरुमा गरिएको सर्वेक्षणमा साउथ सुडान पुछारमा र सेन्ट्रल अफ्रिकन रिपव्लिक १५५ औँ स्थानमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell