PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

लुक्ला दुर्घटनामा मृत्यु भएका दुई जनाको शव शिक्षण अस्पताल ल्याइयो



पहिलोपोस्ट

लुक्ला दुर्घटनामा मृत्यु भएका दुई जनाको शव शिक्षण अस्पताल ल्याइयो

काठमाडौँः लुक्ला दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका दुई जनाको शव शिक्षण अस्पताल ल्याइएको छ। कैलाश एयरको हेलिकोप्टरबाट शव परीक्षणका लागि शिक्षण अस्पताल ल्याइएको हो। 

दुर्घटनामा समिट एयरका को–पाइलट सुनील ढुङ्गाना र नेपाल प्रहरीका असई राम बहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो। यस्तै, उपचारका क्रममा अर्का असई रुद्र बहादुर श्रेष्ठको पनि निधन भएको थियो। 

अन्य तीन घाइतेको ग्रान्डीमा उपचार भइरहेको छ । मनाङ एयरका पाइलट चेत बहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पा र समिति एयरका पाइलट रवीन्द्र रोकायको उपचार भइरहेको छ।  

समिट एयरको जहाज टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किँदा दुर्घटना भएको थियो।  लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा दुर्घटना भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell