रहिम स्टर्लिङको दुई गोल मद्दतमा क्रिस्टल प्यालेसलाई ३-१ ले पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ।
आइतवार भएको खेलमा सिटी ३-१ ले विजयी भएको हो। सिटीका लागि स्टर्लिङले १५औँ र ६३औँ मिनेटमा गोल गरे। अर्को गोल गाब्रीएल जेससले खेलको अन्त्यतिर गरे।
यस्तै प्यालेसका लागि लुका मिलिभोजेभिचले ८१औँ मिनेटमा एक गोल गरे।
जितपछि सिटीले ३३ खेलबाट ८४ अंक जोडेको छ। समान खेलबाट ९३ अंक रहेको लिभरपुल दोस्रो स्थानमा झरेको छ।
तर लिभरपुलले अहिले चेल्सीसँग खेल्दै र फेरि शीर्ष स्थानमा फर्कने मौका छ।