PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

यू १९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै



पहिलोपोस्ट

यू १९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

काठमाडौँ : आइसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु मैदान मलेसिया विरुद्ध खेल्दैछ।

बायुमास ओभल मलैदानमा हुने खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ। यसअघिको दुवै खेलमा नेपालले टस हारेको थियो। पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने युएईसँग डिएल मेथडमा १ रनले पराजित भएको थियो।

६ टोली सहभागि यस छनोटबाट एक टोली विश्वकपमा पुग्ने भएकाले नेपालको लागि आजको खेल जित्नैपर्ने अवस्था छ।

लगातार दुई खेल जितेको कुवेत र युएई पहिलो र दोस्रो स्थानमा छ। नेपाल र ओमानले समान एक खेल जितेका छन् भने मलेसिया र सिंगापुर लगातार दुई खेल हार्दै अंकविहिन छ।

शीर्ष दुईमा रहेका कुवेत र युएई पनि आजै खेल्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell