PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रहरीको लिखित परीक्षामा फेल हुनेको सङ्ख्या बढेपछि पाठ्यक्रम नै फेरियो



पहिलोपोस्ट

प्रहरीको लिखित परीक्षामा फेल हुनेको सङ्ख्या बढेपछि पाठ्यक्रम नै फेरियो

काठमाडौः केही समय अगाडि सशस्त्र प्रहरी बलले प्रहरी जवानमा भर्ना खुलायो। ३ हजार भन्दा बढीको लागि भर्ना खुलाइएको थियो। विभिन्न चरण पार गरेर लिखित परीक्षामा ६ हजार जना सहभागी भए। अन्य सरकारी निकायमा भर्ना खुलाउँदा भन्दा धेरै नै कम सहभागी भए। के सशस्त्र प्रहरीमा जागिरको आकर्षण कम भएको हो?

केही समयपछि नतिजा आयो तर अप्रत्याशित। ६ हजारले परीक्षा दिएकोमा १२ सय मात्र पास भए।' आकर्षण कम भएको होइन। परीक्षा प्रणाली सहज नभएको होला। हामीले परीक्षा सहज बनाउन पाठ्यक्रम परिवर्तन गरेका छौँ।' सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले भने।

गत फागुन २४ गते सशस्त्र प्रहरीले जवानमा फेरी भर्ना खुलायो। चैत २५ गते सम्मलाई फारम भर्ने अन्तिम मिति तय गरियो। तर अन्तिम मितिसम्म पनि उल्लेख्य रूपमा आवेदन परेनन्। ३ हजार २९६ जनाको लागि जवानमा भर्ना खुलाइएको छ।

अर्को सूचना प्रकाशित गर्दै फारम भर्ने मिति थप गरियो। वैशाख ५ गतेसम्म फारम भर्ने मिति राखियो । ५८ जिल्लामा फारम भर्ने थप केन्द्रहरू समेत थपिए। अहिलेसम्म १५ हजार जनाले मात्र आवेदन दिएका छन्।' यो पटक उल्लेख्य आवेदन परेका छन्। यसपालि चाहेको भन्दाबढीले पास गर्नुहोला।' महानिरीक्षक खनालले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell