PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१२ नेपाली महिलालाई केन्या पुर्‍याएर यौन व्यवसायमा लगाउने व्यक्ति भारतीय मुलका भएको खुलासा



विधुर ढकाल

१२ नेपाली महिलालाई केन्या पुर्‍याएर यौन व्यवसायमा लगाउने व्यक्ति भारतीय मुलका भएको खुलासा

काठमाडौं : १२ नेपाली महिलाहरुलाई तस्करी गरी केन्यामा यौन व्यवसायमा लगाउने काम गर्ने  भारतीय मुलका बेलायती नागरिक रहेको खुलेको छ। 

केन्याको प्रहरीले गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा १२ नेपाली महिलासहित त्यसका सञ्चालकलाई पक्राउ गरेको थियो। प्रहरीले १२ नेपाली महिलासँगै क्यानडाको राहदानीसहित क्लबका सञ्चालक अमिराली अलिभाइलाई पक्राउ गरेको थियो। 

प्रहरीले अलिभाई विरुद्ध नेपाली महिलालाई झुक्याएर आफ्नो क्लबमा प्रयोग गरेको दाबी सहित त्यहाँको अदालतमा मुद्दा दर्ता गरेको छ। 

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगीला बार एण्ड एम्की प्लाजाबाट उनीहरुलाई पक्राउ गरिएको थियो। 

प्रहरीले बारका मालिक माथि तीन वटा मुद्दा दर्ता गरेको त्यहाँको अनलाइन दि स्टारले जनाएको छ। 

उनीविरुद्ध प्रहरीले मानव तस्करी, त्यसका लागि उक्साएको र नेपाली महिलाको राहदानीसहितका कागजातहरु नियन्त्रणमा लिएको अभियोग लगाइएको छ। 

उनले क्लबलाई नेपालीलाई मानव तस्करीलाई संक्षण गर्ने गरी प्रयोग गर्न दिएको अभियोग समेत लगाइएको छ। 

उनले आफूविरुद्ध लागेका सबै अभियोग सान्जु अदालतका सिनियर प्रिन्सिपल म्यजिस्ट्रेट डेभिड ओडिएम्बोका अगाडि अस्वीकार गरेका छन्। उनले धरौतीमा रिहाइको माग गरेका थिए। तर, अदालतले उनको याचिकालाई खारेज गरिदिएको छ। उनी भाग्न सक्ने भन्दै धरौटीमा रिहा गर्न अस्वीकार गरिएको हो। 

उनी भारतीय हुन र उनीसँग दुई वटा राहदानी छन्। एउटा भारतको र अर्को युकेको। स्टेक कान्सुल सखाक्वीला अइखाका अनुसार उनलाई राहदानी बुझाउन भनिएको तर उनले अस्विकार गरेपछि धरौटीमा छाड्दा भाग्न सक्ने भएकाले धरौटी अस्वीकार गरिएको बताए। 

‘उनी केन्याका नागरिक नभएको र उनीमाथिको अभियोग हेर्दा उनी भाग्न सक्ने देखियो,’ उनले भने। 

त्यस्तै स्टेट कन्सुलरले पक्राउ परेका नेपालीलाई फिर्ता पठाउनुपर्ने बताए। उनीहरुलाई मानव तस्करीको मुद्दामा साक्षीको रुपमा राखिएको छ।

‘यो मुद्दामा अदालतले शीघ्र सुनुवाई गर्छ ताकि नेपाली महिलाहरुसँग उनीहरु नेपाल फिर्ता जानु अगाडि नै बयान लिइयोस,’ उनले भने। 

अभियुक्त पक्षका वकिलहरुले अदालतमा उनी भारतीय भएको भन्ने दाबीलाई खारेज गरेका छन्। उनका वकिल जारेड मागोलो र विक्लिफ माकासेम्बोले उनीसँग युके र क्यानडाको दुई वटा नागरिकता रहेको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell