PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : विशालको कप्तानीमा नेपाली टोली घोषणा



पहिलोपोस्ट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : विशालको कप्तानीमा नेपाली टोली घोषणा
विशाल विक्रम केसी, दायाँबाट दोस्रो

काठमाडौं : यही अप्रिल २० देखि थाइल्याण्डमा सुरु हुने एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ। विशाल विक्रम केसीको कप्तानीमा बुधवार १४ सदस्यीय टोली घोषणा भएको छ।

एक साता अघि राजधानीमा सम्पन्न यू-१६ राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोली छनोट गरिएको थियो र त्यसैबाट अन्तिम टोली चयन गरिएको हो। उक्त प्रतियोगितामा विशाल म्यान अफ दि सिरिज घोषित भएका थिए।

यस्तै त्यस प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान बनेका आशिष भट्टराई र उत्कृष्ट बलर बनेका रमेश कुर्मी पनि टिममा छन्।

अप्रिल २० देखि २८ सम्म थाइल्याण्डको चियाङमाईमा हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपालसँगै मलेसिया, म्यानमार र आयोजक थाइल्याण्ड छन् भने समूह बी मा सिंगापुर, हङकङ, चीन र भुटान छन्।

 

नेपाली टोली : विशाल विक्रम केसी (कप्तान), आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दिपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह र विशालकुमार पटेल, किस कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रशान्त सिंह, सुशान्त थापा

 

वैकल्पिक खेलाडी : अभिषेक गौतम, पर्शुराम यादव, अर्बाज अन्सारी, विवेक दरासी

 

अफिसियल

म्यानेजर : सुदिप शर्मा

प्रशिक्षक : बसन्त शाही

फिजियो : दिनेश भट्ट

 

खेलतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell