PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाइ आज, यस्ता छन् उजुरी



पहिलोपोस्ट

सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाइ आज, यस्ता छन् उजुरी
फाइल फोटो

काठमाडौँः सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ। समितिले न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग बुधबार नै छलफल गरेको छ। उजुरीकर्तासँगको छलफलपछि समितिले बिहीबार प्रस्तावित न्यायाधीशलाई सुनुवाइका लागि बोलाएको हो।

प्रस्तावित पाँच न्यायाधीशमाथि पाँचवटा नै उजुरी परेका छन्। पाँचमध्ये एक उजुरी सैद्धान्तिक छ। एक उजुरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामा प्रश्न उठाइएको छ।

न्यायाधीशमा प्रस्तावितद्वय प्रकाश ढुङ्गाना र हरि फुयाँलविरुद्ध भने व्यक्ति किटान गरी उजुरी गरिएको छ। यस्तै, न्यायाधीशमा प्रस्तावित मनोजकुमार शर्माको सिफारिसमा सैद्धान्तिक प्रश्न उठाउँदै योग्यता नपुगेको प्रश्न गरिएको छ।

सिफारिसमा परेका सुष्मलता माथेमा र कुमार रेग्मीविरुद्ध पनि उजुरी परेका छैनन्।

 

के छ उजुरीमा?

ढुङ्गानाविरुद्धका दुबै उजुरी न्याय सम्पादनका विषयमा केन्द्रित छन्। उच्च अदालतमा उनले गरेका आदेश त्रुटिपूर्ण रहेको तथा मिलेमतोमा पेसी व्यवस्थापन गरेको आरोप लगाइएको छ।

यस्तै फुयाँलले सर्वोच्चको अन्तिम फैसला पुनरावलोकनका लागि नक्कली प्रमाण बनाएको आरोप उजुरीकर्ताको छ।

अन्य उजुरी भने सैद्धान्तिक विषयमा केन्द्रित छन्। न्यायाधीश नियुक्तिको प्रक्रिया, विधि र मापदण्डमै ती उजुरीमा प्रश्न उठाइएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell