PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रिमियर लिग : टोटनहमलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहमलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

फिलिप फोडेनको एक मात्र गोलको मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा टोटनहम हट्सपरलाई १-० ले पराजित गरेको छ। साँघुरो जितपछि सिटी लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ।

समान ३४ खेलपछि सिटीको ८६ अंक भएको छ भने लिभरपुलको ८५ अंक छ।

घरेलु मैदान एतिहाडमा फोडेनले खेलको पाँचौ मिनेटमै गरेको गोल सिटीको जितमा निर्णाक बनेको हो।

हारपछि टोटनहमको भने ३४ खेलबाट ६७ अंक छ र तेस्रो स्थानमा यथावत छ।

सिटीको जितपछि प्रिमियर लिगको उपाधि होड फेरि रोमाञ्चक बनेको छ। लिगमा सिटी र लिभरपुलले समान चार खेल खेल्न बाँकि रहेको अवस्थामा अंकतालिकामा १ अंकको मात्र फरक छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell