PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पुरुष क्रिकेट : शहाबको ६ विकेटमा आर्मीको लगातार चौथो जित, प्रदेश तीनका ६ खेलाडी शुन्यमा आउट



पहिलोपोस्ट

पुरुष क्रिकेट  : शहाबको ६ विकेटमा आर्मीको लगातार चौथो जित, प्रदेश तीनका ६ खेलाडी शुन्यमा आउट
म्यान अफ दि म्याच शहाब आलम

बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको कोहलपुरमा भइरहेको पुरुष क्रिकेटमा आइतबार शहाब आलमले ६ विकेट लिएपछि आर्मीले प्रदेश ३ लाई ८ विकेटले पराजित गरेको छ।

यस जितपछि आर्मी समूह बी मा सबै चार खेल्दै जित्दै सेमिफाइनल पुगेको छ। यसअघि नै आर्मीले अन्तिम चारमा स्थान पक्का गरिसकेको थियो। हारपछि प्रदेश ३ भने समूह चरणबाटै बाहिरिएको छ।

प्रदेश ३ ले दिएको ४१ रनको सामान्य लक्ष्य आर्मीले १०.१ ओभर खेल्दै २ विकेट गुमाएर ४५ रन बनाउँदै पूरा गरेको हो।

आर्मीको लागि हरि बहादुर चौहानले १७ र भिम शार्कीले १५ रन योगदान गरे। दुवै खेलाडी नटआउट रहे।

त्यसअघि शहाब र कुशलले घातक बलिङ गरेपछि प्रदेश तीन १५.१ ओभरमा ४० रनमा अलआउट भएको थियो।

प्रदेश ३ का ६ खेलाडीले खाता समेत खोल्न सकेनन्। ओपनर इशान पाण्डे र आदिल खानले १२-१२ रन बनाए।

शहाबले ४ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै २ रन मात्र खर्चेर ६ विकेट लिए। यस्तै कुशल मल्लले २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए। सुशन भारीले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell