PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पुरुष क्रिकेट : कर्णाली प्रदेशलाई ५० रनले पराजित गर्दै प्रदेश १ सेमिफाइनलमा



पहिलोपोस्ट

पुरुष क्रिकेट : कर्णाली प्रदेशलाई ५० रनले पराजित गर्दै प्रदेश १ सेमिफाइनलमा

बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको समूह बी बाट प्रदेश १ समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

बाँकेको कोहलपुर क्रिकेट मैदानमा आइतवार भएको समूह बी को अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रेदशलाई ५० रनले पराजित गरेको हो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको थियो। प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३२ तथा राजन मगरले २३ रन बनाए। कर्णाली प्रदेशका युनिस विक्रम सिंहले ३ तथा दिनेश अधिकारी र प्रकास जैसीले २-२ विकेट लिए।

१२४ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको कर्णाली प्रेदशले १८.४ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनायो। कर्णाली प्रदेशका लागि रविन्द्र जंग शाहीले १६ र दिनेश पुनले १५ रन बनाए।

बलिङमा प्रदेश १ का फिर्दोस अन्सारी, पुष्प थापा र अभ्यास तिम्सिनाले २-२ विकेट लिए।

समूह ए बाट त्रिभुवन बर्मी सबै चार खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ। समूह बी बाट दुई विभागीय टोली नेपाल पुलिस र एपीएफले सेमिफाइनलमा स्थान बनाएका छन्।  

सेमिफाइनलका खेलहरु बैशाख १० गते मंगलवार हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell