PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

प्रिमियर लिग : लिभरपुल फेरि शीर्ष स्थानमा, आर्सनल र युनाइटेड पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल फेरि शीर्ष स्थानमा, आर्सनल र युनाइटेड पराजित

लिभरपुल एक दिनपछि नै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। प्रिमियर लिगमा आइतवार भएको खेलमा कार्डिफ सिटीलाई २-० ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको हो। अघिल्लो दिन टोटनहमलाई पराजित गर्दै म्यानचेष्टर सिटी पहिलो स्थानमा पुगेको थियो।

लिभरपुललाई जित दिलाउन जर्जियानो विज्नाल्डम र जेम्स मिलनरले एक-एक गोल गरे।

जितपछि ३५ खेल खेलेको लिभरपुलको ८८ अंक भएको छ। एक खेल कम खेलेको सिटी ८६ अंकका साथ दोस्रो स्थानमा छ।

यस्तै प्रिमियर लिगकै अन्य खेलमा आर्सनल र म्यानचेष्टर युनाइटेड पराजित भएको छ। चौथो स्थानको आर्सनल घरेलु मैदानमै क्रिस्टल प्यालेससँग ३-२ ले पराजित भयो।

उता युनाइटेडलाई एभरटनले ४-० ले हरायो।

प्यालेसको जितमा क्रिस्टियन बेनटेक, विलफ्रड जाहा र जेम्स म्याकआर्थरले एक-एक गोल गरे। आर्सनलका लागि मेसुट ओजिल र पिएरे एमरिक ओवामेयाङले गोल गरेपनि हार टार्न पर्याप्त भएन।

यस्तै एभरटनलाई जित दिलाउन रिचार्लिसन, जिल्फी सिगुरसन, लुकास डिग्जे र थियो वालकोटले एक-एक गोल गरे।

हारपछि शीर्ष चारमा पर्ने आर्सनल र युनाइटेडको अभियानमा धक्का लाग्दा चेल्सीलाई भने फाइदा पुगेको छ। आर्सनल र चेल्सीको समान ६६ अंक छ। तर गोलअन्तरमा आर्सनल अगाडि छ। यस्तै ६४ अंकसहित युनाइटेड छैटौँ स्थानमा छ।

सबैले ३४ खेल खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell